आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

भगवान पृथ्वीमा आउने कथामा ‘ईओजी’

काठमाडौं :  रंगमंचका थुप्रै कलाकारहरुको अभिनय रहेको वेब सिरिज ‘ईओजी' (Errors of God)को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । कलासी प्रोडक्सनको निर्माणमा प्रकु पाण्डेले निर्देशन गरेको यस सिरिजमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानिसको रुपमा आएका भगवानहरूको कथालाई मनोरन्जनात्मक ढंगले प्रस्तुत गरिएको छ ।

संगीत सापकोटाको लेखन रहेको यस सिरिजलाई सगुन पोख्रेलले निर्माण गरेकी हुन् । विकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, युनिसा ढुंगाना ‘सरिता’ को साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाल लगायत रंगमंचका पचासभन्दा बढी कलाकारहरूको अभिनय रहेको यस सिरिजमा क्राइसिस ज्याक (कृष्ण) को छायांकन, रोमी मोसेस तन्डुकारको सम्पादन र शक्ति राईको कला निर्देशन रहेको छ ।