रणवीरको विगतका अफेयरमा आलियाको प्रतिक्रिया, ‘म चैं के कम थिएँ र ?’

मुम्बई : आलिया भट्ट र रणवीर कपुर दुई वर्षयता अफेयरमा छन् । ‘ब्रम्हास्त्र’को सेटमा नजिक भएका दुवैले महामारी नहुँदो हो त विवाह पनि गरिसक्थे भन्ने चर्चा छ । तर, महामारी र सुटिङ सेड्युलले उनीहरूको विवाह सारेको सारै छ ।
तर, रणवीरको विगतले आलिया र रणवीरको विवाह यति सजिलै होला भन्ने धेरैलाई लाग्दैन । किनभने आज आलियासँग भएजस्तै रणवीर कुनै समय दीपिका पादुकोन र कट्रिना कैफसँग पनि गहिरो प्रेममा थिए । तर, रणवीरले दीपिका र कट्रिनालाई चटक्क छाडे ।
उसबेला रणवीरले दीपिकालाई ‘चिट’ गरेको आरोप थियो भने कट्रिनासँग के कारणले छुट्यो ? अहिलेसम्म पनि कसैले पत्ता लगाउन सकेका छैनन् । रणवीरले यही हाल आलियाको पनि गर्लान् कि भन्ने धेरैलाई आशंका छ । तर फिल्मफेयरले जब आलियालाई रणवीरको यही इतिहासको बारेमा सोध्यो, उनले आफू पनि सति सावित्री नभएको बताइन् ।
‘पहिलेको कुराले के फरक पर्छ र ? हरकोहीको विगत हुन्छ । अनि रणवीरभन्दा म चैं कम थिएँ र ?’आलियाले भनेकी थिइन् । ‘स्टुडेन्ट अफ दि इयर’बाट डेब्यू गरेकी आलियाको सोही फिल्मका कोस्टार सिद्धार्थ मल्होत्रासँग अफेयर थियो । तर, दुवैले चुपचाप ब्रेकअप गरेका थिए । सिद्धार्थ अहिले कियरा आडवानीसँग डेट गरिरहेका छन् ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया