नयाँ बानेश्वरमा फोकस फेसन हाउस
काठमाडौ : नयाँ वर्षको अवसरमा राजधानीको नयाँ वानेश्वरमा फोकस फेसन हाउस नामक मोडलिङ एजेन्सी सञ्चालनमा ल्याइएको छ । फेसन हाउसको प्रमुख अतिथी नेपाल समाचारपत्रका समाचार सम्पादक तथा कामना सिने मासिकका सम्पादक विदुर गिरी, मोडल दीपक घिमिरे र सञ्चारकर्मी सागरिका श्रेष्ठले संयुक्त रुपमा रिबन काटेर शुभारम्भ गरे ।
कार्यक्रममा अतिथिले केक काटेर फेसन हाउसको लागि शुभ कामना व्यक्त गरेका थिए । फेसन हाउसमार्फत विभिन्न खालका इभेन्ट र ब्युटी प्याजेन्टको आयोजना गर्नुका साथै, विज्ञापन तथा वेब सिरीज र म्युजिक भिडियो निर्माण, मोडलिङ फोटो सुट गर्नुका साथै मोडलहरुलाई ग्ल्यामर क्षेत्रमा भित्र्याउन सहयोग गर्ने फेसन हाउसका सञ्चालक आदर्श शर्माले बताए ।
ईभेन्ट आयोजनाको क्षेत्रमा करिब आधा दशकको अनुभव बोकेका आर्दशले रक्की मर्हजन, एलिना क्षेत्री, सिर्जना गुरुङलगायत आफ्ना अनुभवी साथीहरूको टिमका साथ फेसन हाउस सञ्चालनमा ल्याएका हुन् ।
आगामी दिनमा केही इभेन्ट गर्ने तयारी रहेको र त्यसको लागि थिम बनाएर अगाडि बढिरहेको आदर्शले बताए । ‘हाम्रो सोच भनेको आगामी दिनमा यो क्षेत्रमा राम्रा राम्रा ईभेन्ट तथा प्याजेन्ट आयोजना गर्ने हो । आगामी दिनमा फेसन हाउसमार्फत मिस नेपाल लेभलको ईभेन्ट अर्गनाइज गर्ने सोच छ’, उनले भने । आदर्शले आफूहरुले धेरै ईभेन्ट नगर्ने तर ईभेन्टलाई गुणस्तरियता दिने बताए।
‘हामी क्वान्टीटीमा भन्दा पनि क्वालिटीलाई ध्यानमा राखेर ईभेन्ट अर्गनाइज गर्नेछौ । क्वालिटीको हिसाबले राम्रो काम गरेर ईभेन्ट अर्गनाइजेसनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुजेछौ भन्ने विश्वास लिएको छु ।
साथै अहिले हामी ग्ल्यामर क्षेत्रमा आउन चाहनेहरूलाई प्रशिक्षण दिएर राम्रो प्लेटफर्म दिनेछौं’ उनले भने। प्रमूख अतिथी पत्रकार विदुर गिरीले कोरोना संक्रमणबाट हुने कोभिड १९ लाई ध्यानमा राखी अहिलेको समयमा विश्व मनोरञ्जन जगत्ले अगाडि बढाएको अवधारणालाई पछ्याउँदै प्रविधिको सदुपयोग गरेर मोडलिङ क्षेत्रलाई अगाडि बढाउनु पर्नेमा जोड दिए ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया