माओवादी नेता देव गुरुङको हातबाट 'दुष्प्रयास'को फस्टलुक अनावरण, असार २५ मा रिलिज

काठमाडौं : महिला हिंसा, हत्या, अपहरणलगायतका समाजमा घटिरहेका आपराधिक गतिविधिविरुद्ध आवाज उठाइएको फिल्म ‘दुष्प्रयास’ आगामी असार २५ गते रिलिज हुने भएको छ ।
रिता देवी मुभिजद्वारा निर्माण गरिएको फिल्मको मंगलबार राजधनीमा फस्टलुक सार्वजनिकसँगै फिल्मको रिलिज मिति सार्वजनिक गरिएको हो । फस्टलुकको नेकपा माओवादी स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री देव गुरुङले अनावरण गरे । कार्यक्रममा फिल्मका कथाकार तथा निर्देशक दिनेश लिङ्देनले कोभिड महामारीको अवस्थामा पनि आफूले जोखिम मोलेरै फिल्म रिलिज गर्ने बताए ।
फिल्ममा निशा पोमु लिम्बू, सोम लामा, प्रिजन श्रेष्ठ, सुस्मिता कार्की, अजय खडका, कल्याण राई, निरु महत, देविका खड्का, प्रदिप योङहाङ, दिलिप ठकुरी, महेन्द्रकुमार राई, विवेक बेघा लिम्बु, छेवाङ लामा तथा बाल कलाकार सुदिता लिङदेनको अभिनय छ ।
दिनेश लिङ्देनको कथा र निर्देशन रहेको फिल्ममा जानु काम्बाङ लिङ्देन र शंकर अधिकारी घायलको गीत, विकास चौधरी, राजकुमार बगरको संगीत, राजेशपायल राई, अमृता लिम्बु, दिनेश लिङ्देन र श्रेयसी चेम्जोङको स्वर छ ।
सुमित लिङ्देनको प्रस्तुति रहेको फिल्ममा जनक कार्कीको नृत्य, राजु किराँतीको द्वन्द्व र ज्ञानु राईको छायांकन छ । रिता देवी मुभिज तथा नेपाल चलचित्र युवा मञ्चको आयोजनामा भएको कार्यक्रममा त्रिभुवन लुम्फुङवा, डा. सुनिता भट्टराई, मेकबहादुर मगर, प्रेम आले मगर, बाल कलाकार दिविसा साप्कोटा, भीम थेबे लिम्बूलगायतलाई सम्मान गरिएको थियो ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया