क्यान अध्यक्ष चतुरबहादुर चन्द भन्छन्- सन्दिपबारे तत्काल छलफल हुँदैन

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बलात्कार आरोप लागेका नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको बारेमा तत्काल कुनै छलफल नहुने बताएका छन् ।
चन्दले लामिछानेमाथि लागेको आरोपको बारेमा क्यानलाई कुनै आधिकारिक जानकारी प्राप्त नभएको कारण लामिछानेबारे तत्काल कुनै छलफल नहुने बताए ।
‘आधिकारिक रूपमा जानकारी आएपछि मात्र छलफल गर्छौँ । तत्काल लामिछानेको बारेमा छलफल हुने सम्भावना छैन,’ अध्यक्ष चन्दले इकागजसँग भने ।
सन्दिपविरुद्ध बलात्कारको आरोपमा जाहेरी दर्ता भएको प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार बिहान लामिछानेविरुद्ध जबरजस्तीकरणीको आरोपमा जाहेरी दर्ता भएको पुष्टि गरेको छ ।
पीडित भनिएको १७ वर्षीया नाबालिकाकी दिदीले प्रहरी बृत्त गौशालामा मंगलबार जाहेरी दिएको प्रहरीले जनाएको छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZiZffgPyab_mus0whtvuw8kfqnzx2acuhzipxpcrdehcvjduwz3yscigczjzbnf7aqzk9kc.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया