‘सन्दिपमाथिको अनुसन्धानमा क्यानले पूर्ण सहयोग गर्छ’

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोपमा जाहेरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) ले अनुसन्धानमा सहयोग गर्ने भएको छ ।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले प्रहरीको अनुसन्धानमा क्यानले सबैखाले सहयोग गर्ने बताए । ‘लामिछानेलाई गम्भीर आरोप लागेको छ । खेलाडीको बारेमा संवेदनशील विषय आएको छ । प्रहरीको अनुसन्धानमा क्यानले हरेक कोणबाट सहयोग गर्छ,’ मल्लले इकागजसँग भने ।
उनले लामिछानेको बारेमा थप निर्णय कार्य सम्पादनको बैठक बसेर लिने जानकारी गराए ।
लामिछानेविरुद्ध बलात्कारको आरोपमा जाहेरी दर्ता भएको प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार बिहान लामिछानेविरुद्ध जबरजस्तीकरणीको आरोपमा जाहेरी दर्ता भएको पुष्टि गरेको छ । पीडित भनिएको १७ वर्षीया नाबालिकाकी दिदीले प्रहरी बृत्त गौशालामा मंगलबार जाहेरी दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लामिछानेले भदौ ५ गते काठमाण्डौ र भक्तपुरको विभिन्न स्थानहरूमा लगेर काठमाडौँमा ल्याइ एक होटेलमा राखेर जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख छ । काठमाडौँ-९ स्थित एक होटेलको कोठा नम्बर ३०५ मा सोही राति पटक-पटक जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख छ । 'रातको अं. २३:५५ बजे र रातको अं. ००:२५ बजे पटक-पटक जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख छ' जिल्ला प्रहरी परिसरले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
जाहेरीपछि बालिकाको स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ । जाहेरीउपर जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाले संयुक्तरूपमा सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZiZffgPyab_mus0whtvuw8kfqnzx2acuhzipxpcrdehcvjduwz3yscigczjzbnf7aqzk9kc.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया