राष्ट्रिय सभा रहँदासम्म प्रधानन्यायाधीशविरुद्ध लगाइएको महाभियोगको प्रस्ताव जीवित रहने

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले राष्ट्रिय सभा रहँदासम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोगको प्रस्ताव जीवित रहने बताएका छन् ।
मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमहासचिव पुनले संविधानले जनप्रतिनिधि संस्थाको रिक्तताको परिकल्पना नगरेको बताए । उनले प्रतिनिधि सभा आवधिक निर्वाचनमा जाँदा जनप्रतिनिधिको भूमिका खेल्ने संसद्को काम राष्ट्रिय सभाले गर्ने बताए । उनले प्रधानन्यायाधीशविरुद्धको महाभियोगको प्रस्ताव दुवै सदनको दुई तिहाइले पास वा फेल गराउनुपर्ने भएकाले राष्ट्रिय सभा रहेको अवस्थामा महाभियोग प्रस्ताव पनि जीवित रहने जिकिर गरे ।
उनले गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा शिर्ष नेताहरूका बीचमा सहमति भइसकेको बताए । कार्यदलले शीर्ष नेताहरूलाई आजै प्रतिवेदन पेस गर्ने उनले जानकारी दिए ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन…

कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्नेमा जोड

‘विकाससँग सांसद जोडिनुपर्छ’

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

रवीन्द्र मिश्र र प्रसाईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

प्रतिक्रिया