साफ महिला च्याम्पियनसीपको उद्घाटनमा नेपाल र भुटान भिड्दै

काठमाडौँ- काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आजबाट छैटौँ संस्करणको साफ महिला फुटबल च्याम्पियनसीप सुरु हुँदैछ । च्याम्पियनसीपको उद्घाटन खेलमा समूह ‘बी’ मा रहेका नेपाल र भुटानबीच खेल हुनेछ । नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार साँझ ५:३० बजेबाट सुरु हुनेछ ।
चार पटकको उपविजेता नेपालले भुटानलाई पराजित गर्दै च्याम्पियनसीपमा विजयी सुरुवात गर्न चाहन्छ । यता भुटानले भने घरेलु टोलीलाई स्तब्ध तुल्याउने अपेक्षासहित मैदानमा उत्रनेछ ।
एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा नेपालले च्याम्पियनसीपको उपाधि जित्ने लक्ष्य राखेको छ । एन्जिलाले नेपाललाई उपाधि दिलाउने लक्ष्य रहेको समेत बताएकी छन् ।
यता मुख्य प्रशिक्षक कुमार थापा पनि नेपालको उपाधिको खटेरी तोड्ने लक्ष्यसहित च्याम्पियनसीपमा सहभागिता जनाउन लागेको जनाएका छन् ।
भुटानलाई भने घरेलु टिमविरुद्ध खेल्न त्यति सजिलो भने पक्कै पनि हुनेछैन । कप्तान पेमा छोदेन छिरिङले घरेलु मैदानमा आयोजक नेपालसँगको खेल सहज नहुने धारणा राखेकी छन् । घरेलु समर्थकसामु खेल्दा मानसिक रूपमा पनि कठिन हुने उनको भनाइ छ ।
समूह ‘बी’ मा नेपाल, भुटान र श्रीलंका रहेका छन् । नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध सेप्टेम्बर १२ मा खेल्नेछ । समूह ‘ए’ मा भने पाँच पटककै विजेता भारतसहित पाकिस्तान, माल्दिभ्स र बंगलादेश रहेका छन् ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया