पीएसजीको च्याम्पियन्स लिग सपना

काठमाडौँ : पेरिस सेन्ट जर्मेन (पीएसजी) सन् २०१२/१३ यता प्रत्येक सिजन च्याम्पियन्स लिगमा छनौट हुँदै आएको छ । गत सिजन त फाइनलसम्मै पुग्यो । त्यसअघिका तीन सिजन भने पीएसजी अन्तिम १६ बाटै बाहिरिएको थियो ।
कतारले स्वामित्व लिएपछि पीएसजीले सरुवा बजारमा ठूलो रकम खर्च गरेको छ । तर ठूलो खर्चको बावजुद पीएसजीले आफूलाई युरोपियन क्लब फुटबलको शत्ति बनाउन सकेको छैन । यस पटकको च्याम्पियन्स लिगमा भने पीएसजीले राम्रो संकेत दिएको छ । बलियो बायर्न म्युनिखलाई क्वार्टरफाइनलमा हराएर ।
गत सिजन पनि पीएसजी र बायर्नको भेट भएको थियो । लिस्बनको त्यस च्याम्पियन्स लिग फाइनलमा पीएसजी निराश बन्यो । यस पटक पीएसजीले बदला लियो । अन्तिम आठमा । डिफेन्डिङ च्याम्पियन बायर्नलाई हराउँदा पीएसजीको नेतृत्वकर्ता बने माउरिसियो पोचेटिनो ।
टोटनहमबाट बर्खास्त भएका अर्जेन्टिनियन पोचेटिनोको प्रशिक्षणमा पीएसजीले पहिलो लेगमा ३-२ को जित दर्ता गर्यो । दोस्रो लेगमा बुधबार १-० को हार ब्यर्होयो । संयोगले गोल गर्ने खेलाडी थिए कुनैबेला पीएसजीबाटै खेलेका एरिक म्याक्सिम चोपु मोटिङ ।
पछिल्ला सिजनहरूमा पीएसजी ठूला क्लबविरुद्ध खेल्दा दबाबमा रहन्थ्यो । यस सिजन भने पीएसजी निर्णायक क्षणमा पनि सम्हालिएको देखियो । पीएसजीले च्याम्पियन्स लिगमा पहिलो लेगमा प्राप्त अग्रता खेर फालेको इतिहास छ । ‘अवे’ गोलका आधारमा प्रतियोगिताको नकआउट चरणबाट बाहिरिएको छ । एकपटक होइन, बारम्बार ।
सन् २०१४ मा चेल्सीविरुद्धको क्वार्टर-फाइनल । सन् २०१७ मा बार्सिलोनासँग अन्तिम १६ को दोस्रो लेगमा ब्यहोरेको ६-१ को हार । दुई वर्षपछि म्यानचेस्टर युनाइटेडसँगको पराजय । यसपटक भने पीएसजीले गल्ती दोहोर्याएन । कप्तान तथा रक्षक मार्किनयोस र प्रभावशाली मिडफिल्डर मार्को भेराटीको अनुपस्थितीमा पनि पीएसजीले बायर्नलाई एक भन्दा बढी गोल गर्न दिएन ।
पीएसजी उपाधितर्फ लम्कनु कतारी लगानीकर्ताका लागि सुखद खबर हो । किनकि पीएसजीले च्याम्पियन्स लिग जित्नु कतारीले लगानीको प्रतिफल पाउनु हो । फ्रेन्च लिग वान त पीएसजीले लगातार जित्दै आइरहेकै छ ।
अब सेमी-फाइनलमा पीएसजीले म्यानचेस्टर सिटी वा बोरुसिया डर्टमन्डको सामना गर्नेछ । अन्तिम चारमा स्थान पक्का गरेको पीएसजीसँग फेरि पनि च्याम्पियन्स लिग उपाधिमाथि आफ्नो दाबेदारिता प्रस्तुत गर्ने मौका छ । पीएसजी उपाधितर्फ लम्कनु कतारी लगानीकर्ताका लागि सुखद खबर हो । किन की पीएसजीले च्याम्पियन्स लिग जित्नु कतारीले लगानीको प्रतिफल पाउनु हो । फ्रेन्च लिग वान त पीएसजीले पछिल्ला सात सिजनदेखि लगातार जित्दै आइरहेकै छ नि ।
बायर्नलाई हराउनु अघि पीएसजीले अन्तिम १६ मा बार्सिलोनालाई पन्छाएको थियो । त्यो पनि बार्सिलोनाकै मैदानमा भएको पहिलो लेगमा चार गोल गरेर । बार्सिलोनाले दुबै लेगमा गरी जम्मा दुई गोल मात्रै गर्न सक्यो । ती गोल लियोनल मेस्सीको नाममा रहे । बार्सिलोनालाई समग्रमा ५-२ ले हराएर पएिसजीले बदला त लियो नै, सन्देश पनि दियो । यसपटक मानसिकता फरक छ भनेर । समूह चरणमा पीएसजीले युनाइटेडलाई हराएर त्यसको छनक दिइसकेको थियो ।
ठूला क्लबहरूलाई पराजित गरे पनि पीएसजी च्याम्पियन्स लिग उपाधि दाबेदार भइनसकेको दाबी छ, पोचेटिनोको । ‘हो हामी बायर्नविरुद्धका दुबै लिग जित्न लायकका थियौँ । तर त्यसो भन्दैमा म आफ्नो टिमलाई च्याम्पियन्स लिग जित्न सकने टिमका रुपमा लिन्न,’ पोचेटिनाको प्रतिक्रिया थियो ।
महादेशिय प्रतियोगितामा प्रशंसा बटुलिरहे पनि घरेलु लिगमा भने पीएसजीको अवस्था सोचेअनुरुपको छैन । जारी फ्रेन्च लिग वानमा पीएसजी शीर्षस्थानको लिलभन्दा तीन अंकले पछि छ । लिगमा अब छ खेल बाँकी रहँदा पीएसजीको लगातार आठौँ पटक लिग जित्ने लक्ष्य सजिलै पुरा हुनेवाला छैन ।
यद्यपि च्याम्पियन्स लिगमा सफल भए, पीएसजीलाई घरेलु लिगको असफलताले पिरोल्ने छैन । किनभने च्याम्पियन्स लिग जिते नेयमार र किलियान एमबाप्पेसँग पेरिस छाड्न चिक्त बुझ्दो कारण हुनेछैन । कम्तिमा पीएसजी प्रशासन यही ठान्छ ।
सन् २०१७ मा पीएसजी आएका दुबै स्टारको क्लबसँगको सम्झौँता सन् २०२२ को जुनमा सकिँदैछ । त्यसैले दुबै फरवार्ड स्पेन जाने हल्ला चल्न बन्द भएको छैन । बार्सिलोनाले नेयमारलाई फर्काउन चाहेको छ भने रियल म्याड्रिड एमबाप्पेलाई खरिद गर्न चाहन्छ । तर पीएसजी अध्यक्ष नासेर अल खेलैफी नेयमार र एमबाप्पेले पीएसजी छाड्नु पर्ने कारण देख्दैनन् । ‘हामीसँग च्याम्पियन्स लिग जित्न बलियो टिम छ । पर्याप्त स्रोत छ । यस्तो अवस्थामा नेयमार र एमबाप्पेले पीएसजी किन छाड्नु पर्यो?’ खेलैफीको प्रश्न छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया