दक्षिण अफ्रिकाविरुद्धको टी-ट्वान्टी सिरिजमा पाकिस्तानको अग्रता

काठमाडौँ : तेस्रो टी-ट्वान्टी क्रिकेटमा रवाफिलो जित निकालेसँगै पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको चार खेलको सिरिजमा २–१ को अग्रता लिएको छ । बुधबार राती भएको तेस्रो खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ९ विकेटले हरायो ।
जितका लागि दक्षिण अफ्रिकाले दिएको २०३ रनको लक्ष्य पाकिस्तानले मात्रै १ विकेट गुमाएर १२ बल बाँकी छदै भेट्टायो । पाकिस्तानका लागि कप्तान बाबर अजामले १२२ रनको शतकीय पारी खेले । ५९ बलको सामना गरेका उनले १५ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै मोहम्मद रिजवानले ७३ रन बनाए । त्यसअघि सेन्चुरियनमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०३ रन बनाएको थियो । उसका लागि एडेन मरक्रमले ६३ र जेन्नीमान मालनले ५५ रनको योगदान दिए ।
अब चौथो खेलमा जित निकाल्न सके पाकिस्तानले एकदिवसीयसँगै टी-ट्वान्टी क्रिकेट सिरिज पनि हात पार्नेछ ।

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

प्रतिक्रिया