केन्याविरुद्धको एक दिवसीय शृंखलामा नेपालद्वारा क्लिन स्वीप

काठमाडौँ- केन्याविरुद्धको तीन खेलको एक दिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालले क्लिन स्वीप गरेको छ ।
नेपालले घरेलु टोली केन्यालाई एक दिवसीय सिरिजको अन्तिम खेलमा ६ विकेटले पराजित गरेको छ । केन्याको नैरोबीको जिमखाना मैदानमा आज भएको खेलमा केन्याले नेपाललाई जितका लागि २५६ रनको लक्ष्य दिएको थियो ।
जवाफमा नेपालले ४७ दशमलव १ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालको जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय इनिङ खेले । अर्जुनले ५८ रनको योगदान दिए भने आसिफले ५६ रन जोडे ।
यसैगरी बसिर ५२ रनमा अविजित रहँदा कप्तान रोहित पौडेलले ४६ रन बनाए । ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट हुँदा देव खनाल एक रनमा आउट भए ।
केन्याका भिराज पटेलले २ तथा शेम एनगोचे र याश तालातीले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनाएको थियो ।
केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले । यसैगरी लुकास एनडानडासनले अविजित रहँदै ५९ रनको योगदान दिएका थिए । सुखदिप सिंहले ३७ रन जोड्दा इमानुएल बुन्डीले २३ रन बनाए । कप्तान शेम एनगोचे १७ रनमा आउट भए ।
नेपालका सोमपाल कामी र आदील अन्सारीले समान २/२ विकेट लिए भने बसिर अहमद र शाहब आलमले समान १/१ विकेट लिए । उक्त सिरिजअन्तर्गत पहिलो एकदिवसीय खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा १७ रनले विजयी भएको थियो ।
यस जितसँगै नेपालले केन्याविरुद्धको दुवै सिरिज आफ्नो पक्षमा पारेको छ । नेपालले यसअघि पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज पनि ३–२ ले जितेको थियो ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZiZffgPyab_mus0whtvuw8kfqnzx2acuhzipxpcrdehcvjduwz3yscigczjzbnf7aqzk9kc.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया