नेपाली बजारमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए१३, यस्ता छन् मुख्य विशेषता

काठमाडौँ- सामसङले नेपाली बजारमा नयाँ फोन सार्वजनिक गरेको छ। सामसङले युवा क्रियटर्स लक्षित ग्यालेक्सी ए१३ नेपाली बजारमा उतारेको हो। यस फोनमा सामसङले कायम राखेको उच्च गुणस्तर र अत्याधुनिक प्रविधिको प्रयोग गरेको जनाएको छ।
क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि स्पेस लगायतका विशेषता रहेको यो फोन प्रयोग गरेर गुणस्तरीय कन्टेन्ट उत्पादन गर्न खोज्ने क्रियटर्सहरूको माग पूरा गर्नको लागि यो एक उत्तम फोन हुने कम्पनीले जनाएको छ ।
सामसङ ग्यालेक्सी ए१३ ले युवा क्रियटर्सहरूलाई हाइ–एण्ड सुविधाहरू जस्तै हाइ–रिजोल्युसन फोटोग्राफी, क्रिस्प डिस्प्ले र यसको शक्तिशाली प्रोसेसर सहितको फोन उचित मूल्यमा दिन्छ, जसले यो फोनलाई कुनै पनि युवा कन्टेन्ट क्रियटर्सहरूका लागि विशेष सहयोगी हुने कम्पनीले जनाएको छ।
विशेषताहरू
यस फोनमा क्वाड क्यामेराको माथिल्लो भागमा ५०एमपी मेन क्यामेरा छ जसमा ५ एमपी अल्ट्रावाइड र २ एमपी डेप्थ र म्याक्रो सेन्सरहरू छन्, साथै अगाडि ८ एमपी सेन्सरहरू छन्। यसले गर्दा उच्च गुणस्तरका तस्बिर र भिडिओ खिच्न सकिन्छ।
यसको १५ वाट फस्ट चार्जिङ र ५ हजार एमएएच ब्याट्री रहेको हुँदा यस फोनमा चार्ज पनि लामो समयसम्म टिक्छ। सामसङकाअनुसार सामान्यतया प्रयोग गर्दा दुई दिनसम्म ब्याट्री ब्याकअप प्रदान गर्दछ।
ग्यालेक्सीमा भएको स्टोरेज रहेको हुँदा कन्टेन्ट ब्याकअपलाई पनि मद्दत पुग्ने कम्पनीको विश्वास छ। मेमोरी कार्ड स्टोरेज स्पेसलाई १ टीबी सम्म विस्तार गर्न सकिन्छ।
विशेष गरी फोनलाई पनि सुरक्षित राख्न, सामसङ को सिगनेचर नक्स सेक्युरिटी आफ्नो कन्टेन्ट, वा डाउनलोड गर्न आवश्यक पर्ने कुनै पनि एपहरूको बारेमा चिन्ता लिनु नपर्ने कम्पनीको दाबी छ। यस फोनको र्यालाई बढाउन समेत सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार आवश्यक पर्दा यस फोनको र्यामलाई ६ जीबीसम्म बढाउन सकिन्छ।
सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले विभिन्न र अत्यधुनिक विशेषताले भरिएको यस फोन नेपाली प्रयोगकर्ता र कन्टेन्ट क्रियटर्सका लागि उपयोगी हुने विश्वास व्यक्त गरे।
मूल्य
सामसङले नेपाली बजारका लागि ए १३ को मूल्य २१ हजार ४ सय ९९ रुपैयाँ तोकेको छ।

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_yoG0jo2xwn_dlkngyev4dehrxwxj2iff9ynri09tpobt93ipszycegg6nymmqcfcgvxixer.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

प्रतिक्रिया