गुल्मीमा झांक्रीलाई झड्का, समाजवादी र एमालेबीच पार्टी एकता
जिल्ला संयोजक र जिल्ला अध्यक्ष नै एमालेमा प्रवेश

बुटवल - गुल्मीमा नेपाल कम्युनिष्ट पार्टी एमाले र नेकपा एकीकृत समाजवादी गुल्मीबीच पार्टी एकताको घोषणा गरिएको छ । सोमबार एमाले पार्टी कार्यालयमा पत्रकार सम्मलेनको आयोजना गरेर दुवै पार्टीबीच औपचारिक रुपमा पार्टी एकताको घोषणा गरिएको हो ।
नेकपा एमालेमा केन्द्रीय उप–महासचिव प्रदिप ज्ञवाली र सचिव गोकर्ण बिष्टको उपस्थितिमा नेकपा एमालेका जिल्ला इन्चार्ज दिनेश पन्थी र जिल्ला अध्यक्ष बालसिंह काउछा तथा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज गणेश खनाल र अध्यक्ष नरेश भण्डारीले एकता पत्रमा हस्ताक्षर गरेका छन् । एकीकृत समाजवादीका सचिव रामकुमारी झांक्रीको गृह जिल्लामा समाजवादीका जिल्ला नेताहरुले पार्टी छाडेपछि चुनाव लड्ने तयारीमा जुटेकी उनलाई थप चुनौती थपिएको छ ।
एकीकृत समाजवादीका जिल्ला अध्यक्ष नरेश भण्डारीले बामपन्थी एकताको सन्देश गुल्मीबाट दिइएको दाबी गरे । भण्डारीले एमालेभित्रका केही मुद्दामा हिजो असहमति जनाएर अलग भएको एकीकृत समाजवादी पार्टीले एमसीसी, नागरिकता विधेयक, बामपन्थी एकता र उपलब्धिलाई बेवास्था गर्न थालेपछि नेकपा एमालेमा पुन समाहित भएको प्रतिक्रिया दिए ।
एकीकृत समाजवादीका जिल्ला इन्चार्ज खनाल र अध्यक्ष भण्डारीसहित युवासंघका केन्द्रीय सचिव हिमाल थापा, जिल्ला सचिवालय सदस्य मदन बिष्ट, मुसिकोट गाउँकमिटी अध्यक्ष मदनदिप घिमिरे लगायतका नेता एमालेमै फर्किएका हुन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया