नेपालगञ्जमा डायलाइसिस सेवा बन्द भएपछि बिरामी मर्कामा

बाँके - बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा बिरामीलाई अत्यावश्यक पर्ने डायलाइसिस सेवा बन्द भएको छ । सरकारबाट पाउनुपर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएको हो ।
नेपालगञ्ज मेडिकल कलेजमा दैनिक १८ देखि २० जनासम्मको डायलाइसिस हुँदै आएको थियो । सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन् । नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवाको जिम्मा पाएको वीरङ्ग हेल्थ केयर प्रालीले गत शुक्रबारदेखि डायलाइसिस सेवा बन्द गरेको हो ।
वीरङ्ग हेल्थ केयरका व्यवस्थापक शिशिर शाहले एक वर्षदेखि भुक्तानी नपाएकाले बाध्य भएर शुक्रबारदेखि डायलाइसिस सेवा बन्द भएको बताए । गत आर्थिक वर्षदेखि चालू आर्थिक वर्षको भदौसम्मको गरी करिब रु दुई करोड नपाएको र उधारो माग्ने ठाउँ पनि सकिएपछि सेवा रोकियो शाहले बताए ।
शाहका अनुसार बिरामीले अस्पतालमा जतिपटक डायलाइसिस गराए पनि एकपटकको रु दुई हजार पाँच सयका दरले निःशुल्क सेवा पाउँछन् । यो सेवा दिएबापत सरकारले सम्बन्धित अस्पताललाई रकम उपलब्ध गराउँछ ।

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

प्रतिक्रिया