ब्राउन सुगरसहित पोखराबाट एक जना पक्राउ

पोखरा - जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका वडा नम्बर २ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे बस्ने वर्ष २९ का सानुबाबु तुलाधर रहेका छन् ।
कास्की प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले शनिबार चाउथेको कदममार्गबाट तुलाधरलाई पक्राउ गरिएको हो ।
उनको साथबाट लागूऔषध ब्राउन सुगर १.०१५ ग्राम बरामद भएको र उनलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया