पथरीमा कर अधिकृत नहुँदा सेवाग्राहीलाई सास्ती

विराटनगर - आन्तरिक राजस्व कार्यालय विराटनगरअन्तर्गत करदाता सेवा कार्यालय पथरी मोरङमा कर अधिकृत नहुँदा सेवाग्राहीले समस्या भोग्दै आएका छन् । अधिकृत नहुँदा कर चुक्ता, दुईटा आईडीद्वारा हुने काम, फाइल ट्रान्फर, कारोबार थपघटलगायतका कारोबार बन्ध भएको छ । पथरी शाखामा गत साउन २४ गतेदेखि कर अधिकृत नहुँदा सेवाग्राहीले सास्ती बेहोर्नु परेको सेवा दिन बसेका परामर्श दाता सुजन कार्कीले बताए ।
साउन सुरु भएसँगै कर चुक्ता निकाल्ने र कारोबार थपघट गर्नेको घुइँचो लाग्ने गरेको छ । कर अधिकृत नभएसँगै अधिकृत नहुँदा पाँच सय खर्च गरेर दिनै मायामारी ५० किलोमिटर धाएर विराटनगर पुग्नुपर्ने सेवाग्राहीहरु बताउँछन् ।
बैंकमा ऋण नवीकरण गर्न कर चुक्ताको प्रमाणपत्र लिन तीन दिन धाउँदा पनि नपाएको सेवाग्राही बताउँछन् । कर अधिकृत सुस्मिता दाहाल साउन २४ गते सरुवा भएसँगै पथरी शाखामा समस्या सुरु भएको देवेन्द्र धिमालले बताए । करदाता सेवा कार्यलय पथरीमा दैनिक ४०र५० जना सेवाग्राहीले सेवा पाउँदै आएको कर्मचारी शेखर ओलीले जानकारी दिए ।

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_WCW3KKaBsc_oxvatm65dhxxjvupkbiwpyca4vwbhewxe1ebkjxelvdk5bycgcu7tqdxhayk.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

प्रतिक्रिया