विधान संशोधनमा सुझाव लिन एनआरएनएद्वारा १२ घन्टे बैठकको आव्हान

लण्डन- गैरआवासीय नेपाली संघले विधान संशोधनका लागि सुझाव संकलन गर्ने भएको छ ।
गैरआवासीय नेपाली संघको विधान संशोधन समितिका संयोजक डा. हेम राज शर्माका अनुसार संघका राष्ट्रिय समन्वय परिषद अध्यक्षहरू, पदाधिकारी तथा सदस्यहरू, अन्तर्राष्ट्रिय समन्वय परिषद समेतको सहभागितामा विधान संशोधन सुझाव संकलन गर्न लागिएको हो ।
यसअघि संघले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको विधानमा आवश्यक संशोधन सुझाव पेस गर्न डा. शर्माको नेतृत्वमा विधान समिति गठन गरेको थियो । उक्त समितिले तयार पारेको संशोधन प्रस्तावलाई अक्टोबरमा सम्पन्न हुने संघको साधरण सभामा प्रस्तुत गर्ने तयारी विधान संशोधन समितिले गरेको छ ।
विधान संशोधन प्रस्तावको प्रारम्भिक दस्तावेज सार्वजनिक गर्दै समितिले १२ घन्टासम्म खुल्ला रूपमा जुममार्फत सुझाव संकलन गर्ने तयारी गरेको समितिका सचिव गंगाधार गौतमले जनाकारी दिएका छन् ।
भोलि (सोमबार)का दिन सबै गैरआवासीय नेपाली संघका सदस्यहरूले जुममा उपस्थित भएर विधान संशोधनमा आआफ्ना भनाइहरू राखन सक्नेछन् ।

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

प्रतिक्रिया