चाडपर्व लक्षित गर्दै इसेवाले ल्यायो ‘मेरो यात्राको साथी’ योजना

काठमाडौँ - नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आगामी चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ नामक योजना सार्जवनिक गरेको छ । इसेवाले सुरु गरेको यस योजना अन्तर्गत यात्रुहरुले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाइनेछन् ।
अफरमा हवाइजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाइजहाज टिकेटिङमा आकर्षक अफरहरु सामेल गरिएका छन् । यसका साथै यो सेवा प्रयोग गर्ने एक भाग्यमानी प्रयोगकर्ताले बम्पर उपहार स्वरुप नयाँ सुजुकी एभेनिस स्कुटर प्राप्त गर्न सक्नेछन् ।
यस अफर अन्तरगत पहिलो पटक हवाइजहाज टिकट खरिदकर्ताको लागिः थप ३% अथवा रु ३०० सम्म क्यासब्याक प्राप्त हुनेछ । जसका लागि प्रोमोकोड “नयाँ” प्रयोग गर्नुपर्नेछ । यस्तै ३ वटा टिकट खरिद गर्दा थप रु १ सय ५० प्राप्त गर्न सकिनेछ । यसका लागि प्रोमोकोड थ्रिपावर उल्लेख गर्नुपर्नेछ । यस्तै इसेवा मार्फत भदौ १६ गतेदेखि एक महिनासक्म होटल बुक गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।
इसेवा मार्फत होटल बुक गर्दा भदौ २२ र असोज १ गते १ बजेदेखि १ः३० बजेसम्म आधाघण्टाका लागि ५० प्रतिशत अथवा ४ हजारसम्म छुट प्राप्त गर्न सकिनेछ । यस्तै भदौ १९, भदौ २२, असोज २ गते बुक गर्दा एक भाग्यशाली जोडीले रु ५ हजार बराबरको होटलमा बस्न पाउनेछन् । यस्तै अफर अन्तरगत बसको टिकट काट्दा हरेक दिन एक जना व्यक्तिले २ सय प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसैगरी अन्तराष्ट्र्रिय हवाइ टिकट खरिदमा हरेक आइतबार बेलुकी ४ देखि ५ बजेसम्म ५ प्रतिशत अतथा रु २५ सय सम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ । यो अफर भदौ १६ देखि असोज १६ गतेसम्म लागु हुनेछ । सेवाग्राहीले दिइएको प्रोमो कोडको अनिवार्य प्रयोग गर्नुपर्नेछ ।
इसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५२ लाख र आइओस् मोबाइलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिने कम्पनीले जनाएको छ ।
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_scSOYrcxgE_bx5r10b7pfzczzlrjvmwwc2vqombxi3cdmnsqadycfadvvyqvjflitfmbn29.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

प्रतिक्रिया