हेटौंडा भेट्रान्स विजयी

मकवानपुर- मकवानपुरको हेटौंडामा जारी प्रथम नागस्वती भेट्रान्स रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिताको आइतबार बिहान भएको पहिलो खेलमा हेटौंडा भेट्रान्स क्लब विजयी भएको छ ।
नागस्वती भेट्रान्स क्लबको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा खेलको १९ औँ मिनेटमा हेटौंडा भेट्रान्सका तर्फबाट अजय मानन्धरले गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुगेको थियो ।
खेलमा हेटौंडा भेट्रान्सका नवराज बज्राचार्य उत्कृष्ट खेलाडी हुँदै म्यान अफ द म्याच हुन सफल भएका थिए । आइतबार ५ खेल गरिने तयारी भएको छ । आज बिहान चितवन भेट्रान्स र जोरपाटी भेट्रान्स काठमाडौँबीच हुने भनिएको खेल दिउँसो १ बजेलाई सारिएको छ ।
तेश्रो खेल दिउँसो २ बजे काल भैरव भेट्रान्स र अभिषेकचर्च भेट्रान्स नवलपरासीबीच हुनेछ । चौथो खेल भने कोटेश्वर ११ भेट्रान्स र सिमरा भेट्रान्सबीच हुनेछ र पाँचौ खेल ठमेल चिया पप भेट्रान्स र वीरगञ्ज सिटी भेट्रान्सबीच हुने तालिका रहेको छ ।
खेलमा विधागत नगद पुरस्कार तथा खेल अवधिभर उत्कृष्ट खेल्ने एक जना खेलाडीलाई ५० हजार नगद पुरस्कार रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा देशभरका ४० वर्षमाथि उमेर समूहका पुर्व राष्ट्रिय खेलाडीहरूको १७ समूहको सहभागिता रहेको छ । प्रतियोगितामा विजेतालाई २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार रहेको अध्यक्ष सोमबहादुर तितुङले बताए ।
प्रथम नागस्वती भेट्रान्स रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिताको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामा तथा उपमेयर राजेश बानियाँले हेटौंडामा प्याराफिटसहितको सानो स्टेडियम बनाउने प्रतिवद्धता व्यक्त गरे ।
हेटौंडा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने थलोको रुपमा रहेको भन्दै मेयर लामाले यसको लागि आफूले सहयोग गर्ने बताइन् ।

पौडी पोखरीमा डुबेर महतोको मृत्यु, सँगै गएका ८ साथी पक्राउ

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया