शाओमीले ल्यायो दसैं लक्षित 'दश मी’ योजना, यसरी सहभागी हुनुहोस्

काठमाडौंँ- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बडा दशैं २०७९ को अवसरमा आफ्ना ग्राहकहरूका नयाँ योजना सार्वजनिक गरेको छ। शाओमीको दसैं लक्षित योजनामा शाओमीका सामानहरू खरिद गर्दा विभिन्न पुरस्कारहरूको योजना सार्वजनिक गरेको हो ।
एक महिना लामो यो #दश’मी’ क्याम्पेनमा शाओमी फोन खरिद गर्नेले #दश’मी’ लक्कीड्रामा प्रत्यक्ष सहभागी भइ दश’मी’ क्याम्पेन अन्तर्गत रहेका रोमाञ्चक उपहारहरू जित्ने सक्ने कम्पनीले जनाएको छ।
शाओमीले आफ्ना प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्वको अवसरमा केही नयाँ किन्न चाहने ग्राहकहरूका लागि विशेष दश’मी’ अफर ल्याएको छ । दश’मी’ क्याम्पेन अन्तर्गत एक भाग्यशाली विजेताले ‘मी’ को ४एस ६५ इन्चको टीभी, चार जनाले ‘मी’ को ४३ इन्चको टीभी, र दैनिक १० जना भाग्यशाली ग्राहकहरूले बड ३ लाइट, मोसन नाइट लाइट र नेकब्यान्ड प्रो मध्ये कुनै एक जित्ने सक्नेछन् ।
यस योजनाको बारेमा जानकारी दिँदै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, 'नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा ‘मी’ फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौं । यसले हामीलाई हाम्रा उत्पादनहरुमा उच्च मापदण्डहरू सेट गर्न सधैं प्रोत्साहित गरेको छ । दशैंलाई लक्षित गर्दै शाओमीले यो चाडपर्वको मौसममा आफ्ना ग्राहकहरूको केही नयाँ किन्न र आफ्ना प्रियजनहरूसँग रमाइलो गर्दै मनाउने इच्छालाई पूरा गर्न यो विशेष अफर ल्याएको छ ।'
योजना |
पुरस्कार |
विजेता |
जम्मा विजेता |
बम्पर |
‘मी’ टीभी ४ एस ६५ इन्च |
१ |
१ |
साप्ताहिक |
‘मी’ टीभी ४३ इन्च |
१ |
४ |
दैनिक |
बड ३ लाइट मोसन नाइटलाइट नेकब्यान्ड प्रो
|
१० |
३०० |
यो योजना भदौं १६, २०७९ देखि आश्विन १४, २०७९ सम्म लागू हुने कम्पनीले जनाएको छ ।

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_Sdo2BLl8Zj_mitqknbzlkbeypnrh0a4l9lrpvkhda2vawyakdoriom5gpyn3muj5amio6d7.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

प्रतिक्रिया