सामुदायिक विद्यालयमा बस किन्न बजेट
गत वर्ष फ्रिज यस वर्ष कार्यविधि लचिलो

मकवानपुर- एकभन्दा बढी विद्यालय मर्ज भएका अवस्थामा मात्रै विद्यालय बस उपलब्ध गराउने कार्यविधिको कारण गतवर्ष बजेट फ्रिज भएपछि यस वर्ष सुधार गरिने भएको छ ।
चालु आर्थिक वर्षमा भने लचिलो कार्यविधि बनाएर सेवालाई सरल बनाउने प्रयास गरेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालय अन्तरगतको शिक्षा विकास निर्देशनालय हेटौंडाले चालु आर्थिक वर्षमा बागमती प्रदेशका सामुदायिक विद्यालयमा बस खरिदका लागि अनुदान रकम दिने तयारी गरिएको छ ।
प्रदेशका २७ वटा सामुदायिक विद्यालयमा बस खरिदका लागि अनुदान रकम दिने तयारी भएको हो । चालु आर्थिक वर्षको बजेट किताबमा २७ वटा सामुदायिक विद्यालयलाई बस खरिदका लागि रकम अनुदान दिने गरी बजेट छुट्याइएको शिक्षा विकास निर्देशनालय हेटौंडाका निमित्त निर्देशक पूर्णबहादुर दर्जीले जानकारी दिए ।
प्रदेशका विभिन्न जिल्लाका माध्यमिक तहका विद्यालयलाई २५ लाख रुपैयाँका दरले रकम दिन लागिएको हो । सामुदायिक विद्यालयमा पनि बसको व्यवस्था गर्न सकियो भने सामुदायिक विद्यालय पनि विद्यार्थीको रोजाइमा पर्ने मन्त्रालयको बुझाइ छ ।
बस खरिदका लागि बागमती प्रदेश सरकारले प्रत्येक वर्ष अनुदान रकम दिँदै आएको छ । गत आर्थिक वर्षमा बस खरिदका लागि प्रदेश सरकारले सामुदायिक विद्यालयलाई अनुदान रकम व्यवस्था गरेको भए पनि जटिल कार्यविधिका कारण बजेट फ्रिज भएको थियो ।

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया