महाअभियोग सिफारिस समितिको बैठक बस्दै, कहिले सकिएला चोलेन्द्रको बयान ?
काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो ।
बिहबार बसेको समितिको बैठक २ घण्टामात्र चलेको थियो । समितिका सदस्यहरूको कार्य व्यस्तताको कारण २ घण्टा बसेर सकिएको थयो । महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले जबरालाई सोधिने प्रश्नहरू बाँकी रहेकाले भदौ १९ गते ११ बजे पुन: बयान हुने जानकारी दिइएको थियो ।
बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन् । प्रश्नहरू लामो भएकाले समय लागेको बताइएको छ ।
तर जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाएका छन् ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया