नाइजरको एक विद्यालयमा भिषण आगलागी, २० बालबालिकाको मृत्यु

नियामे : अफ्रिकी मुलुक नाइजरको राजधानी नियामेस्थित एक विद्यालयमा मंलबार लागेको भिषण आगलागीमा परेर झण्डै २० जना बालबालिकाको मृत्यु भएको छ । अग्नि नियन्त्रकहरूका अनुसार परालले छाएको विद्यालयका २१ वटा कक्षाकोठामा क्षति पुगेको छ । झण्डै २० जना बालबालिका तिनै कक्षाकोठामा थुनिएर आगोको चपेटामा परेका थिए ।
अग्नि नियन्त्रण विभागका कमान्डर सिडी मोहमदले उद्धारकर्ताहरूले आगो तत्कालै नियन्त्रणमा ल्याएको बताए । तर आगो निकै भयानक रहेकाले सबै बालबालिकालाई बचाउन सकिएन, उनीहरू भाग्न पनि सकेनन्, उनले भने ।
आगलागी सुरु हुँदा बालबालिका आआफ्ना कक्षाकोठामा पढिरहेका प्रत्यक्षदर्शीले बताएका छन् । यद्यपि, आगलागीको खास कारण थाहा हुन सकेको छैन ।
प्रधानमन्त्री ओहोउमोन्डोउ मोहमदुले तत्कालै घटनास्थलको निरीक्षण गरेका थिए।
विश्व मानव विकास सूचकाँकमा नाइजर सबैभन्दा गरिब मुलुकमा पर्दछ । साहेल क्षेत्रको यस मुलुकमा अधिकारीहरुले परालले छाएका धेरै विद्यालय बनाएका छन् जहाँ बालबालिका प्रायः भुईमा बसेर पढ्ने गर्दछन् । यी विद्यालयमा आगलागीका घटना भइरहन्छन्, तर यति भयानक आगलागी यसअघि भएको थिएन । रासस

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

प्रतिक्रिया