डा. अशोक थापाको ‘सन्तापको धून’ लोकार्पण

काठमाडौँ- कथाकार डा.अशोक थापाको नवप्रकाशित कथासंग्रह ‘सन्तापको धून’ काठमाडौँमा एक विशेष समारोहबीच लोकार्पण भएको छ । प्रमुख अतिथि तथा अतिथिहरू प्रा.डा. गोविन्दराज भट्टराई, प्रा. डा. खगेन्द्र लुईंटेल, डा. ज्ञानु पाण्डे, डा.नेत्र एटम तथा स्रष्टाद्वारा सामूहिक लोकार्पण गरिएको हो ।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको कार्यक्रममा डा. ज्ञानु पाण्डे र डा. नेत्र एटमले कृतिमाथि आ-आफ्ना धारणा राखेका थिए ।
डा.पाण्डेले धून धेरै किसिमका हुन्छन् धूनहरूमा हामीले आनन्द लिन सक्नु पर्छ । हरेक किसिमका धूनहरूले जीवनलाई घेरेको छ । सन्तापको धून प्रतिकारात्मक पुस्तक रहेको र निकै पठनीय पुस्तक भएको बताए । साथै कथाभित्रका पङ्क्तिहरू हृदय छुने किसिमका रहेको उनले जिकिर गरे ।
यस्तै डा. नेत्र एटमले दुःखमा अन्त्य भएका कुराहरूले धेरै पछिसम्म छोइरहन्छ भने सुखमा अन्त्य भएका कुराहरू बिस्तारै हराउँछन् । कथाभित्र सन्त्रास तथा सन्तापको धून छ । कथा सङ्ग्रह निकै मर्मस्पर्शी, यथार्थवादी रहेको बताए । कथाको शिल्प कलात्मक रहेको छन् ।सैद्धान्तिक स्वरुप अनुसार कथामा लोक वैचारिकता र निबन्धको संयोजन रहेको हुन्छ । डा.थापाका कथामा सामाजिक यथार्थता रहेको उनले बताए ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_g9UQZ7uzvy_pukjhm5awa5pdrgi4axihkgjldpyvtpqyvh6vqtnqartd7trcj8oqnldcgfx.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया