एमाले कर्णालीका इन्चार्ज कँडेल फेरि प्रदेश सभाबाटै चुनाव लड्ने

सुर्खेत- नेकपा एमालेका कर्णाली प्रदेश इन्जार्च यामलाल कँडेल प्रदेश सभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । कँडेल आगामी मंसिर ४ मा हुने निर्वाचनमा पुनः प्रदेश सभाबाटै चुनाव लड्ने भएका हुन् ।
आज बसेको नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले कँडेललाई सुर्खेत क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्य उम्मेदवारमा सिफारिस गरेको हो ।
कँडेल २०७४ को प्रदेश सभाको निर्वाचनमा पनि सोही क्षेत्रमा प्रदेश सांसदमा निर्वाचित भएका हुन् । कर्णाली प्रदेशको मुख्यमन्त्री बन्ने चाहानाअनुरुप प्रदेश सभा रोजेका कँडेल अन्ततः उक्त पद पाउन भने सकेनन् । कँडेलले यसपालि पनि फेरि प्रदेश सभाबाटै चुनाव लड्ने तयारी गरेका छन् ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया