पेट्रोलियम पदार्थमा लगाइएको कर छुट गरी मूल्य निर्धारण गर्न माग

काठमाडौँ- यातायात व्यवसायीहरूले सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर छुट गरी मूल्य निर्धारण गर्न माग गरेका छन् ।
मुलुकभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज एक विज्ञप्ति जारी गरी पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा व्यवसायीहरू मारमा परेको भन्दै पेट्रोलियम पदार्थमा लगाइएको कर छुट गरी मूल्य निर्धारण गर्न माग गरेका हुन् ।
महासङ्घका महासचिव डेकनाथ गौतमले भारतीय बजारमा पटकपटक पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालले भने नघटाइकन उल्टो बढाउँदा व्यवसायीहरू समस्यामा परेको बताए । 'बैंक ब्याज, रुट इजाजत, जाँचपास, बीमा प्रिमियमसहित सवारी साधनसँग सम्बन्धित टायर, पाटपूर्जा लुब्रिकेन्ट, च्यासिसलगायतको मूल्यवृद्धि भई थप आर्थिक व्ययभार गर्न गएका व्यवसायीलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धिले थप मारमा परेका छन्,' उनले भने ।
महासङ्घले करिब १० खर्बको लगानी रहेको नेपालको यातायात क्षेत्रमा ११ लाख जनशक्तिले प्रत्यक्ष्य तथा अप्रत्यक्ष रुपमा रोजगार प्रदान गर्दै आइरहेको बताएको छ । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुको साटो बढाउँदा व्यवसायी र जनता थप मारमा परेको बताए ।
महासङ्घले विद्यार्थी, अपाङ्ग, ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातले सहुलियत दिएवापत सरकारले यातायात व्यवसायीलाई कर, रुट इजाजत, जाँचपासमा विगतमा ६० प्रतिशत दिँदै आएकोमा हाल उक्त सुविधा कटौती भएको भन्दै उक्त सुविधालाई निरन्तरता दिनसमेत माग गरेको छ ।

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_9cktT2VHfb_lkany9utpfsjjwtsu7gl2kgv9cs7skqplqeyjah1ebij5iz6kioejpiaaug6.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया