टानका नवनिर्वाचित पदाधिकारीहरूकाे पदस्थापन तथा शपथ ग्रहण

काठमाडौँ- पर्यटन व्यवसायीहरूको छाता संठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को सम्पन्न ४४ औं साधारणसभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूले आज पदभार ग्रहण गरेका छन् । आजै उनीहरूले शपथ ग्रहण समेत गरेका छन् ।
काठमाडौँमा आयोजित एक समारोहका बीच नवनियुक्त कार्यसमितलाई बधाई तथा शुभकामना समेत प्रदान गरिएको टानका नवनियुक्त महासचिव बिनोद सापकोटाले जानकारी दिए । सापकोटा चलचित्र निर्माता समेत हुन् । उनले आफ्नो नयाँ टिमले विगतको समितिले गर्न नसकेका, काम सुरू गरेका तर सम्पन्न नभएका विषयसँगै पर्वतीय पर्यटन व्यावसायीका अन्य विभिन्न समस्या समाधानमा जुटिसकेको र सरकारबाट ध्यानाकर्षण गराउनुपर्ने अनेक विषयमा समेत काम गर्ने प्रतिबद्धता गरेको समेत बताए ।
केही दिनअघि टानको ४४ औं साधारसभा तथा अधिवेशन भएको थियो । अध्यक्षमा निलहरि बास्तोला विजयी भएका थिए । उनले आफ्ना प्रतिस्पर्धी रामप्रसाद सापकोटालाई भारी मतले हराउँदै विजयी हासिल गरेका थिए ।
यस्तै टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्धितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सह-कोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित भएका थिए । यस्तै सदस्यहरूमा रामप्रसाद बन्जरा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, सुवास भण्डारी, लाक्पा दोर्जे सेर्पा, र कृष्णबहादुर परियार निर्वाचित भएका थिए ।
कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष बास्तोलाले पर्यटन व्यवसायीहरूको हकहित र व्यवसाय प्रवर्द्धनमा जस्तोसुकै चुनौती सामना गरेर भएपनि काम गर्ने बताए । टानको कार्यसमितिको कार्य अवधि २ वर्षको हुनेछ । टानमा १२ सयभन्दा धेरै सक्रिय व्यवसायी छन् ।

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_9cktT2VHfb_lkany9utpfsjjwtsu7gl2kgv9cs7skqplqeyjah1ebij5iz6kioejpiaaug6.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया