नेपाल भ्रमणका लागि अगष्टमा ४१ हजार बढी पर्यटक भित्रिए

काठमाडौँ- नेपाल भ्रमणका लागि सन् २०२२ को अगस्ट मा ४१ हजार विदेशी पर्यटक भित्रिएका छन् । पछिल्लो समय कोभिड-१९ को महामारी मत्थर हुँदै गएपछि विदेशी पर्यटकको आगमन बढेको छ ।
पर्यटन बोर्डले तथ्याङकअनुसार अगस्टमा ४१ हजार ३०४ जना पर्यटक त्रिभुवन विमानस्थल हुँदै नेपाल भ्रमणका लागि आएका हुन् । यससँगै सन् २०२२ को आठ महिनामा तीन लाख २२ हजार ४२६ जना पर्यटक नेपाल भ्रमणका लागि आएका छन् ।
यो सिजनमा विगतका वर्षहरूमा पनि भ्रमणका लागि नेपाल आउने पर्यटकको संख्या कमी हुने गरेको पर्यटन बोर्डले जनाएको छ ।
यसअघि सन् २०१९ को अगस्टमा ७३ हजार ८१४ जना पर्यटक घुम्न आएका थिए । त्यसयता कोभिडका कारण सन् २०२० को अगस्टमा ५८४ र सन् २०२१ को अगस्टमा ६ हजार ९३ जना पर्यटक नेपाल घुम्न आएका थिए ।
सन् २०१९ को तुलनामा पर्यटक आगमन हाल ५७ प्रतिशतले रिकभर भएको बोर्डले बताएको छ ।
त्यस्तै, अगस्टमा नेपाल भ्रमणका लागि आउनेमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् ।
भारतबाट १६ हजार १४७, अमेरिकाबाट ४ हजार ६६, बेलायतबाट २ हजार ८२६, बंगलादेशबाट एक हजार ७५१, अष्ट्रेलियाबाट १ हजार २१०, चीनबाट एक हजार २८९ जना पर्यटक नेपाल भ्रमणका लागि आएका छन् ।
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_DdpNZLtpMA_rothwufvtvp1mznghs7vth5cjlzwhz4tuwoprohuhslwuw0y3nmgehhgqeow.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

स्वर्गको टुक्रा गौरी टाप
_G1oewkanyv_x8i5fgw6dp0q2il60lu3eie0awigvvaee70vmg49yqnurdt1ukzbnyvemp4w_40QHm7Hl7W_t5cgv84explzmpxzep8mfywlvhecl8qyw0dokuowj3zcgibsehol7sg8janz.jpg)
गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ

प्रतिक्रिया