खोलाले तार-जाल बगाएको झुठा मुचुल्का बनाउँदै रकम हिनामिना गर्नेहरूविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडाैँ- तटबन्धन आयोजनामा झुठा बिल बनाउँदै भ्रष्टाचार गरेको अभियोगमा भू तथा जलाधार कार्यालय मुगुका कार्यालय प्रमुख, वडाध्यक्ष, उपभोक्ता समितिका पदाधिकारीहरूलाई भ्रष्टाचार अभियोग लागेको छ । तिनीहरूले जाली बाढीले बगाएको भन्ने झुठा सर्जमिन मुचुल्का बनाउँदै भ्रष्टाचार गरेको दाबी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छ ।
आयोगले भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठ र सव-इन्जिनियर दानबहादुर बुढ्थापा, तत्कालीन वडाध्यक्ष डवले शाही, उपभोक्ता समितिका अध्यक्ष हस्तविर दमाई, सचिव लोकजङ्ग दमाई र कोषाध्यक्ष भिमलाल दमाइविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
उनीहरूविरुद्ध १८ लाख १० हजार ८४ रुपैयाँको बिगो लगाउँदै जरिवाना तथा सजायको माग गरेको छ । जिल्ला मुगु सोरु गाउँपालिका-४ स्थित दैरीखोला रावलवाडा तटबन्धन कार्यक्रममा कामको मूल्यांकनभन्दा बढी भुक्तानी लिएको दाबीसहित मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार, तटबन्धन आयोजनाको झुठा बिल भरपाईको आधारमा यथार्थ नापजाँच नगरी गलत नापी किताब तयार एवं कार्यसम्पन्न प्रतिवेदनलाई मिलेमतोमा स्वीकृति गरी वास्तविक भए गरेको कार्यको मूल्याङ्कनभन्दा बढी भुक्तानी दिने र लिने कामबाट गैरकानुनी लाभ लिएको र नेपाल सरकारलाई गैरकानुनी हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेका हुन् ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया