नेपालमा जाइकाको ५० वर्ष, योकोहामामा फोटो प्रदर्शनी (तस्बिरहरू)

जापान- जाइकाबाट जापानी स्वयंसेवक नेपाल जान थालेको पाँच दशक भएको छ । ५० औँ वर्ष पुगेको अवसरमा जाइका योकोहामाले अहिलेसम्म विभिन्न सिप तालिमको सिलसिलामा नेपाल पुगेका स्वयंसेवकहरूले खिचेका फोटोलाई जम्मा गरेर फोटो प्रदर्शनी गरिरहेको छ ।
योकोहामाको जाइकाको कार्यालयमा गरिएको छ । आजदेखि सुरु भएको फोटो प्रदर्शनी २९ तारिकसम्म चल्नेछ । फोटो प्रदर्शनीमा खानागावा नेपाली कम्युनिटीले जापानमा गरेका कामको समेत फोटो राखिएको छ । स्वयंसेवकले खिचेका फोटो र सम्झनालाई जिवित राख्न जाइकाले गरेका फोटो प्रदर्शनी गरेको हो ।
नेपालमा जाइकामार्फत १९७० को सेप्टेम्बर १ तारिक पहिलोपटक कृषि कार्यक्रम अन्तर्गत तीन जना स्वयंसेवक जापानी नेपाल पुगेको इतिहास छ । ५० वर्षदेखि लगातार हालसम्म सिनियर र सहायक गरेर १४ सय जना स्वयंसेवक नेपाल पुगिसकेका छन् । नेपालमा स्थानीयहरूसँग गरेका र सिकेका गतिविधि अन्तर्क्रियाहरू देखेका कुराहरूको फोटोको प्रदर्शनी हो । फोटो प्रदर्शनीमा राखिएका फोटोहरु

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

प्रतिक्रिया