झापामा तीन हजार आठ सय ५९ मुद्दा फर्छ्योट
झापा - जिल्ला अदालत झापामा गत आर्थिक वर्ष २०७८/०७९ मा मुद्दाको चाप बढेको देखिएको छ । यता मुद्दा फछ्र्योटमा पनि झापा अदालत अब्बल नै दरिएको छ ।
जिल्ला अदालतले आव २०७८/०७९ मा तीन हजार आठ सय ५९ मुद्दा फर्छ्योट गरेको छ । उक्त गत आर्थिक वर्षमा आर्थिक वर्ष २०७७र०७८ बाट दायित्व सरेर आएकोसमेत गरेर छ हजार चार सय १९ दर्ता रहेका थिए ।
दायित्व सरेर आएका र नयाँ दर्ता भएकासहित तीन हजार आठ सय ५९ मुद्दा फर्छ्योट भएको सूचना अधिकारी अर्जुन गुरागाईंले जानकारी दिए । समग्रमा ६० प्रतिशत मुद्दा फर्छ्योट गर्न जिल्ला अदालत झापा सफल भएको सूचना अधिकारी गुरागाईंको भनाइ छ । उनका अनुसार आव २०७८/०७९ मा फर्छ्योट हुन बाँकी दुई हजार पाँच सय ६० मुद्दा रहेका छन् ।
गत आर्थिक वर्ष सबैभन्दा धेरै मुद्दा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका र धेरै फर्छ्योट पनि सोही मुद्दा भएको तथ्यांकले देखाएको छ । एक हजार तीन सय ६२ मुद्दा सम्बन्धबिच्छेदका मुद्दा फर्छ्योट भएका छन् ।
त्यस्तै अंशबण्डा चार सय ५४, लेनदेन एक सय ३५, जग्गासम्बन्धी ९४, लिखत बदर एक सय ९८, लागुऔषधसम्बन्धी दुई सय ७९, लिखतसम्बन्धी कीर्ते २७, जालसाजी एक सय ९३, ठगी ४०, जबर्जस्ती करणी एक सय २२, जबर्जस्ती करणी उद्योग ३६, चोरी तथा डकैतीसम्बन्धी एक सय ६१, करणीसम्बन्धी कसुरअन्तर्गत एक सय ९१, कर्तव्य ज्यान १७ र ज्यान मार्ने उद्योग ३१, बहुविवाह ५०, अपहरणसम्बन्धी कसुर पाँच, सवारी ज्यान वा अङ्गभङ्ग घाइते भएको कसुर एक सय १९, चेक अनादर ७३ र रिट ४५ लगायतका मुद्दा गत आवमा फर्छ्योट गरिएको सूचना अधिकारी गुरागाईंले जानकारी दिए ।
आव २०७७/०७८ मा सम्बन्धविच्छेदका मुद्दा नौ सय ३८ रहेकामा गत आवमा बढेर एक हजार तीन सय ३० पुगेको छ । यसरी हेर्दा झापामा दिनानुदिन सम्बन्धविच्छेदका मुद्दा बढ्ने क्रममा देखिएको नायब सुब्बा राजु पौडेलले बताए । रासस

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया