रुपन्देही क्षेत्र नं ५ मा भरत शाहको एकल सिफारिस
संघ र प्रदेशमा पुरानै सेट चुनाव लड्ने संकेत

बुटवल- आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि रुपन्देही क्षेत्र नं ५ बाट संघीय सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहको एकल सिफारिस भएको छ । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं ५ कार्यसमितिको आज बसेको बैठकबाट सर्वसमत रूपमा संघीय प्रतिनिधि सभा सदस्य पदमा शाहको सिफारिस भएको हो ।
लगातार सो क्षेत्रबाट निर्वाचित हुँदै आएका शाह सो क्षेत्रमा निकै लोकप्रिय मानिन्छन् । सो क्षेत्रमा २०७४ क़ो स्थानीय निर्वाचनमा उनले एमाले माओवादी गठबन्धनका उम्मेदवारलाई १३ हज़ारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । विकासवादी नेताको छवि बनाएका नेता शाह ५ दलीय सत्तारूढ गठबन्धनका साँझा उम्मेदवार हुने भएकाले उनको जित निश्चित देखिन्छ ।
सोही क्षेत्रको प्रदेश सभा (ख) मा कांग्रेसले फकरूद्विन खानलाई एकल सिफारिस गरेको छ भने प्रदेश (क) तर्फ युवा नेता तथा पार्टिका प्रदेश सदस्य विष्णुप्रसाद पोख्रेलसहित ३ जनाको सिफारिस भएको छ ।

भूमिहीन भएको चार दशकपछि जग्गाधनी

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_tWxVwSTdSr_tpfqdbuo7e9xdzh5hqxzrrro2z46xiy3ldjp0xado3bwgzahkvz3jmhyyfxx.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_CwNOYjic6c_aqgusxtjutoprhl5zkohyfhewh8qwrasj2fskx8apzjfazvbqfywgr6x2npu.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

प्रतिक्रिया