सरकार संघीयता समाप्त पार्ने खेलमा लाग्यो : यादव

जनकपुरधाम : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा नेतृत्वको सरकार संघीयता र गणतन्त्र समाप्त खेलमा लागेको आरोप लगाएका छन् । मंगलवार जनकपुरधाम आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले नेकपा नेतृत्वको सरकारले संविधानमा भएको व्यवस्था मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई चुनौति दिने प्रयास गरेको बताए ।
मुलुक कोभिड-१९ संक्रमणको संकट झेलिरहेको अवस्थामा सरकारले जनताको ज्यानको सुरक्षा गर्नुपर्नुको सट्टा आफ्नो दायित्वबाट विमुख भई व्यवसायीकरणमा लागेको उनको आरोप छ । सरकार व्यवसायीकरणमा लाग्नु मुलुकको लागि दुर्भाग्य भएको यादवको भनाइ छ ।
अध्यक्ष यादवले आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै विभेदरहित समृध्द मुलुकको निर्माणका लागि वैकल्पिक शक्तिको रुपमा जसपा गठन गरिएको उल्लेख गर्दै शिक्षित र सक्षम युवाहरूलाई नेतृत्व गर्ने समय आइसकेको बताए ।
उनले विश्वको हरेक परिवर्तनमा युवाको प्रमुख भूमिका रहेको चर्चा गर्दै मुलुकको विकास र समृध्दिका लागि शिक्षित सक्षम युवाहरूलाई मधेशको अधिकार प्राप्तिका लागि अघि बढनुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा युवाका संघका केन्द्रिय अध्यक्ष योगेन्द्र राय यादव, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साहलगायतले धारणा राखेका थिए ।

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

प्रतिक्रिया