शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

आफू चुनावी दाैडमा नरहेको कांग्रेस नेता पौडेलकाे घोषणा

अर्घाखाँची- नेपाली का‌ग्रेस अर्घाखाँचीका नेता इन्द्रमणि पौडेलले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमाा आफू उम्मेदवारकाे दाैडमा नरहेको बताएका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै उनले १४औं महाधिवेशनमाा गरेका प्रतिबद्धताअनुसार नै आफू कुनै पनि लाभको पदमा नलागी संगठनको काममा लाग्ने संकल्प गरेको उल्लेख गरेका छन् ।

‘नेपाली कांग्रेसको १४औं महाधिवेशनमा म जिल्ला सभापतिमा उम्मेदवार बन्दै गर्दा आगामी चार वर्ष कुनै लाभको पद नलिई पार्टी र संगठनको काम गर्ने प्रतिबद्धता जाहेर गरेको कुरा मेरो संकल्प पत्रमा उल्लेख भएको सर्वविदितै छ,’ पौडेलले भनेका छन्, ‘धेरै शुभचिन्तक साथीहरूले तपाई उम्मेदवार बन्नुपर्छ भनिरहेको अवस्थामा मैले यसपटकको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा उम्मेदवारी नदिने कुरा यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छु ।’

आफू रेसमा नरहे पनि पार्टीले उम्मेदवार चयन गर्दा युवा, भूगोल, सिमान्त वर्ग र समकालीन नेतृत्व हेर्नैपर्ने नेता पौडेलले सुझाव छ । उनी गत महाधिवेशनमा नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिका उम्मेदवार थिए । केशव श्रेष्ठ सभापतिमा निर्वाचित हुँदा पौडेल उपविजेता बनेका थिए ।