नेपाली बजारमा रिभरसङको प्रवेश

काठमाडौँ- वेरेवल तथा मोबाइल एक्सेसोरीज् उत्पादनमा विश्व बजारको अग्रणी उत्पादक रिभरसङ नेपाली बजारमा प्रवेश गरेको छ । मोबाइल एक्सेसोरीजको आयात तथा विक्री वितरणमा नेपाली बजारको स्थापित नाम बन्न सफल केमियो इन्टरनेशनलले रिभरसङलाई नेपाली बजारमा भित्र्याएको हो । अमेरिकाको क्यालिफर्नियामा शोध तथा अनुसन्धानशाला स्थापना गरी आफ्ना उत्पादनहरूको डिजाइन गर्दै आएको रिभरसङ मोबाइल एक्सेसोरिज बजारको एक विश्वासिलो ब्राण्ड हो ।
विश्वका ६० भन्दा बढी मुलुकमा विक्री वितरण भइरहेको रिभरसङ सन् २ हजारमा चीनको सेन्जेनमा स्थापना भएको थियो । २०१७ मा अमेरिकामा शोध तथा अनुसन्धान केन्द्रको स्थापना गरेपछी एग्रेसिभ ब्राण्डिङमा अग्रसर भएको रिभरसङ सन् २०१६ मै भारतीय बजारमा लन्च गरिएको थियो ।
आइएमजी टेक्नोलोजी ग्रुपको लाईफस्टायल ब्राण्डको रुपमा रहेको रिभरसङका वायरलेस इअर बड्स् तथा स्मार्टवाच लिएर नेपाली बजारमा प्रवेश गरेको हो ।काठमाडौंँको हायात प्लेसमा एक विशेष कार्यक्रम आयोजना गर्दै रिभरसङले नेपाली बजारमा औपचारीक रुपमा प्रवेश गरेको घोषणा गरेको हो । नेपालको लागि अधिकृत विक्रेता तोकिएको केमियो इन्टरनेशनका सह संस्थापक उपेन्द्र शाहले एक गुणस्तरीय ब्राण्डलाई नेपाली बजारमा भित्र्याउन पाएकोमा खुशि ब्यक्त गरे ।
अर्का सह–संस्थापक राज गुप्ताले रिभरसङले नेपाली मोबाइल एक्सेसोरीज बजारमा नयाँ छाप छोड्ने विश्वास व्यक्त गरे। रिभरसङ इण्यिाका प्रमुख कार्यकारी अधिकृत माभेन्द्र कुमार चण्डोलाले विश्वभर नै स्मार्टवाचको बजार बढ्दो क्रममा रहेकाले नेपाली बजारमा समेत राम्रो बजार हाँसिल गर्ने अपेक्षा ब्यक्त गरे भने नेपाली बजारमा रिभरसङको ब्राण्ड सचेतना र विकासका लागि कुनै पनि किसिमको सम्झौता नगरिने बताए ।
रिभरसङले हाल नेपाली बजारमा छ स्मार्टवाच र चार इअरवड्स् सार्वजनिक गरेको हो । अफलाइन डिस्ट्रिब्युसन च्यानल प्रयोग गरि नेपाली उपभोक्तामाझा सहज उपस्थिती जनाउने योजना बनाएको केमियोले केहि विशेष उत्पादनहरुलाई दराज, सस्तो डिल, ग्यापु लगायतका अनलाईन प्लेटफर्म बाट समेत लन्च गर्ने
बनाएको केमियोले रिभरसङका सबै उत्पादनहरुमा एक बर्षको वारेन्टी प्रदान गरेको छ भने विक्री पश्चातको सेवामा कुनैपनि सम्झौता नगरिने प्रतिबद्धता ब्यक्त गरेको छ ।

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_yoG0jo2xwn_dlkngyev4dehrxwxj2iff9ynri09tpobt93ipszycegg6nymmqcfcgvxixer.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

प्रतिक्रिया