ब्लाक एण्ड डेकरको 'डबल डिलाइट' योजना सार्वजनिक

काठमाडौँ - अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले यो नयाँ वर्षलाई लक्षित गरी 'डबल डिलाइट' नामक योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकहरुले ब्लाक एण्ड डेकरको साना होम एप्लायन्सहरु को खरिद गर्दा स्योर सट उपहार पाउनुका साथै लक्की ड्र मा पनि सहभागी हुन पाउनेछन।
लक्की ड्र मार्फत १ भाग्यशाली ग्राहकले एलजी को ५५ इन्चको ओलेद टीभी, १ भाग्यशाली ग्राहकले दुबइ टुर प्याकेज, २ भाग्यशाली जोडीले मेघौली सेराइ टुर प्याकेज र सप्ताहिक उपहार स्वरुप ४ भाग्यशाली ग्राहकहरुले ब्लाक एण्ड डेकरको कार भ्याकुम क्लिनर जित्न सकिने कम्पनीले जनाएको छ । स्योर सट उपहार स्वरुप ग्राहकहरुले ब्लाक एण्ड डेकरको एअर फ्राएर, ब्लेन्डर, ग्राएन्डर, जुसर, फुड प्रोसेसर, मिट मिन्सर, टोस्टर ओभन, भ्याकुम क्लिनर र ओएफआर हिटरको खरिदमा अन्तरराष्ट्रिय ब्रान्ड्को पर्फ्युम निस्शुल्क प्राप्त गर्न सक्नेछ भने एअर ह्युमिडिफायरको खरिदमा एभरेष्ट अरोमाको अरोमा किट (ओएल) नि:शुल्क प्राप्त गर्न सक्नेछ र गार्मेन्ट स्टीमरको खरिदमा गुणस्तरिय किचेन एप्रोन निस्शुल्क प्राप्त गर्न सक्नेछ। ब्लाक एण्ड डेकरको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरुमा आकर्षक छुट पनि रहेको कम्पनीले जनाएको छ ।
ग्राहकहरुले यो योजनाको लाभ भाद्र १६ गतेदेखि सिमित अवधिका लागि नेपाल अधिराज्य भरि उठाउन सकिने कम्पनीले जनाएको छ । अन्तरराष्ट्रिय ब्रान्ड ब्लाक एण्ड डेकरका उत्पादनहरु टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज भइरहेको र ब्लाक एण्ड डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयम थप्दै आफ्नो सुरुवाती दिनहरू देखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ। ब्लाक एण्ड डेकर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_yoG0jo2xwn_dlkngyev4dehrxwxj2iff9ynri09tpobt93ipszycegg6nymmqcfcgvxixer.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

प्रतिक्रिया