चोलेन्द्रले आज पनि बयान दिने

काठमाडौँ - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आज पनि हुँदैछ । प्रतिनिधि सभाको महाभियोय सिफारिस समितिले जबराको बयान लिइरहेको छ ।
बुधबार समितिले सिंहदरबार चोलेन्द्रको बयान लिएको थियो । तर बयान नसकिएपछि उनको आज पनि बयान हुने कांग्रेस सांसद मीन विश्वकर्माले जानकारी दिए ।
समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको थियो तर बुधबार उनले ४ वटा प्रश्नको मात्र जवाफ दिएका छन् । बयानका क्रममा जबराले आफूमाथिको महाभियोग प्रस्ताव नै अवैध रहेको तर्क गरेका थिए ।
उनले आफूमाथि प्रतिशोधका आधारमा महाभियोग लगाइएको जिकिर गरेका थिए । बुधबार जबराले चार घण्टा बयान दिएका थिए ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया