'फस्ट चाइल्डहुड क्यान्सर सर्भाइभर्स मिट' सम्पन्न

काठमाडौँ - बाल क्यान्सर पिडितहरूको लागि करिव १ दशकदेखि कार्य गर्दै आएको दीर्घजीवी भोलेन्टरी ग्रुपले,लायन्स क्लब डिस्ट्रिक ३२५के अन्तर्गत जोन २१, ट्रिजा ढकाल / जोन २८ सुलोचना मानन्धर श्रेष्ठको मुख्य आयोजनामा २ दिने फस्ट चाइल्डहुड क्यान्सर सर्भाइभर्स मिट सम्पन्न भएको छ । भदौं १० र ११ मा आयोजित सो कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, लायन्स ३२५ के डिस्ट्रिक गभर्नर राजेन्द्रकुमार बाटाजु, यमन श्रेष्ठ ,नेपाल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर ब्रिजेस राज घिमिरे, भक्तपुर क्यान्सर अस्पतालकी बाल क्यान्सर रोग विषेशज्ञ डा शुष्मा गुरुङ्गको र २०२२ मिस अर्थ अवार्ड विनर डा. सरिषा श्रेष्ठको उपस्थिति रहेको थियो ।
'वी आर द होप फर द रेस्ट' नारा सहित को उक्त कार्यक्रमको मुख्य उद्देश्य क्यान्सर रोकथामका उपाय र क्यान्सर प्रतिको आम जनमानसको सोचलाई परिवर्तन गर्दै समाजमा सचेतना जगाउनु रहेको भोलेन्टर्स ग्रुपका अध्यक्ष समिर श्रेष्ठले बताए।
कार्यक्रमको पहिलो दिन क्यान्सर मुक्त १९ जना बालबालिका र उनीहरूको अभिभावकको अनुभव आदान प्रदान गर्ने रहेको थियो भने दोस्रो दिन हाइकिङ्ग र भिडियो सुटिङ्ग रहेको थियो । दीर्घजिवी स्वयंसेवी संस्थाद्वारा 'दीर्घजिवी क्यान्सर सरभाइभर ग्रुप' भनेर ९ जना सदस्य राखी समिति पनि यसै कार्यक्रममा गठन गरियो | जसले आगामी दिनहरूमा क्यान्सर पिडित बालबालिकाहरूको उत्थान का निमित्त कार्य गर्नेछ |
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_TnyytkJg7l_kdsriq25fxjuazogjtfqerr9j7vnvb5yiciphw3f7efnhbyausg9gqptwxlc.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

प्रतिक्रिया