चालु पुँजी कर्जा सम्वन्धी प्रावधानले उद्योग व्यवसाय धरापमा : चेम्बर

काठमाडौंँ– चालु पुँजी कर्जा सम्वन्धी राष्ट्र बैंकको प्रावधानले उद्योगी व्यवसायीलाई हतोत्साही बनाएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । राष्ट्र बैंकको पछिल्लो प्रावधानले उद्योग व्यवसायका लागि कर्जा माग गर्नै नसक्ने अवस्था आएको र यसले समग्र आर्थिक गतिविधिमै गम्भिर असर गर्न सक्ने चेम्बरको ठहर छ । चेम्बरले आज एक विज्ञप्ति जारी गर्दै चालु पुँजी कर्जा सम्वन्धमा पर्ने असरबारे बिभिन्न ११ बुँदामा राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।
‘चालुपुँजी कर्जा सम्वन्धमा उल्लेखित प्रावधानले आवश्यक्ता अनुसारको कर्जा माग गर्न असहज हुने, उद्योग व्यापार घटाउने, आर्थिक गतिविधि विस्तारमा रोक लगाउने एवं रोजगारीमा असर देखिन सक्छ,’ चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
चालुपुँजी कर्जा लिएपछि ऋणीले चल्ति खाता र कर्जा खाता छुट्टा छुट्टै सञ्चालन गर्नुपर्ने व्यवस्था प्रतिपनि चेम्बरले आपत्ति जनाएको छ । चेम्बरले भनेको छ, ‘ पछिल्लो प्रावधानले व्यवसायबाट भएको आम्दानी तत्काल कर्जा खातामा दाखिला गर्न नसक्ने भएकाले व्याजको दायित्व झन बढ्ने देखिन्छ । यसकारण एकल रुपमा कर्जा खाताको मात्रै व्यवस्था अनिवार्य गरिनुपर्दछ ।’
चालु पुँजी सम्वन्धी प्रावधानले समग्र उद्योगी व्यवसायी र बैंक वित्तिय संस्थाबीच क्रम भंगता हुने समेत चेम्बरको ठहर छ । अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले आफ्नो गतिविधि बढाउनुपर्ने भएपनि चालु पुँजी कर्जा सम्वन्धी पछिल्लो व्यवस्थाले उद्योग व्यवसाय ठप्प हुने अवस्था रहेको चेम्बरले जनाएको छ । चेम्बर अफ कमर्सले चालु पुँजी कर्जा सम्वन्धी अव्यवहारिक नीति तत्काल संशोधन गर्न समेत सम्वन्धित निकायसँग आग्रह गरेको छ ।

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_9cktT2VHfb_lkany9utpfsjjwtsu7gl2kgv9cs7skqplqeyjah1ebij5iz6kioejpiaaug6.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया