कोहलपुर नगरपालिकाले पनि भत्काउन थाल्यो अवैध संरचना

बाँके- कोहलपुर नगरपालिकाले सरकारी जग्गा मिचेर निर्माण गरिएका अवैध संरचना भत्काउन शुरु गरेको छ । सोमबार विहानबाट नेपाल प्रहरीको सहयोगमा न्युरोडबाट अवैध निर्माण भत्काउने कार्य सुरु गरेको हो ।
कोहलपुर नगरविकास समितिले ३० असारको बोर्ड बैठकबाट निर्णय भएअनुसार तत्काल सडकपेटी र फुटपाथमा बनाइएका अवैध संरचना हटाउने निर्णय गरेअनुसार नै अबैध संरचना हटाउने सुरु गरिएको कोहलपुरका मेयर पूर्ण आचार्यले जानकारी दिए ।
उनका अनुसार समितिको सो निर्णय अनुसार ३५ दिने सूचना जारी गर्दा पनि हटाउन आनाकानी गरेपछि अवैध संरचना हटाउन तथा जग्गा खाली गर्न पुन: तीन दिने सूचना जारी गरिएको थियो ।
नगरपालिकाले जारी गरेको ३५ दिने सूचनाको अवधि सकिएलगत्तै अवैध संरचना र कब्जा हटाउने अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
सोमबार बिहान न्युरोडबाट दुई वटा अवैध टहरा भत्काएर अगाडि बढेको डोजरसहितको टोली बसपार्क क्षेत्रमा पुग्दा स्थानीयले अवरोध गर्न खोज्दा प्रहरीले सुरक्षासमेत दिनु परेको थियो । अब सुरक्षाकर्मी थपेर भएपनि कोहलपुर नगरपालिकाभित्रका सरकारी जग्गामा गरिएको अवैध कब्जा हटाउने मेयर आचार्यले बताए ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया