झापाका किसानले धानबालीमा पुर्याएको क्षतिको अझै राहत पाएनन्
झापा - झापाका किसानले बेमौसमी वर्षाबाट धानबालीमा पुगेको क्षतिको राहत अझै पाउन सकेका छैनन् । गत वर्ष विसं २०७८ असोजमा वर्षासहित आएको हावाहुरीले धानबालीमा क्षति पुर्याएपछि सरकारले कृषकलाई राहत दिने घोषणा गरेको थियो ।
आफूहरूले हालसम्म सरकारबाट राहत नपाएको शिवसताक्षी–६ धौलेचोकका कृषक लक्ष्मीप्रसाद भण्डारीले बताए । विरल वर्षाका कारण झापामा ५१ हजार आठ सय ४५ किसानको धानबालीमा क्षति भएको जिल्ला कृषि ज्ञान केन्द्र झापाको तथ्यांकमा उल्लेख छ । अविरल वर्षाको कारण यहाँको २१ हजार नौ सय २१ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको थियो ।
जिल्ला कृषि ज्ञान केन्द्र झापाको तथ्यांकअनुसार झापाका १५ वटै पालिकामा वर्षाले क्षति पुर्याएको थियो । वर्षाका कारण झापामा ३७ करोड ६४ लाख ३२ हजार दुई सय सय ९१ रुपैयाँ बराबरको क्षति भएको जिल्ला कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले बताए ।
कृषकलाई राहत रकम उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पटकपटक आग्रहसहित पत्र पठाए पनि हालसम्म अर्थ मन्त्रालयले बजेट नपठाउँदा किसानलाई राहत रकम उपलब्ध गराउन नसकिएको उनको भनाइ छ । रासस

श्रीलङ्का टापुका किसानलाई अनुदानमा कृषिउपकरण

तनहुँका फाँटका किसानलाई चैते धान थन्क्याउने चटारो

ऋषिङ र देवघाटमा जलवायुमैत्री कृषि प्रविधिमार्फत खेती

चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट

जलवायु परिवर्तनका असर घटाउन किसानलाई सचेत गराइँदै

चैते धानको उचित मूल्यका लागि पहल गरिने

कृषकलाई अनुदानमा कृषि उपकरण वितरण

प्रतिक्रिया