बिर्तामोड नगरपालिकाद्वारा तीन विधेयक पास

झापा - बिर्तामोड नगरपालिकाले तीन विधेयक पास गरेको छ । नगरको विशेष नगरसभामार्फत आज आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९, शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९ र नगरको यातायात तथा बसपार्क व्यवस्थापन गर्न बनेको विधेयक २०७९ सर्वसम्मत पास भएको हो ।
नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९ सभामा प्रस्तुत गरेका थिए भने विधेयक समिति संयोजक शर्मिला राजवंशीले शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९ र यातायात व्यवस्थापन विधेयक २०७९ सभामा प्रस्तुत गरेका थिए ।
विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईंले कानुन आवश्यक भएका कारण विशेषसभाबाट पास गरिएको बताइन् । 'आजैदेखि लागू हुने गरी विधेयक पास भएको छ', उनले भनिन्, 'संविधानले स्थानीय सरकारलाई दिएको अधिकारलाई प्रयोग गर्दै काम गर्नुपर्छ, सोहीअनुरुप विधेयक बनाएर पास गरेका हौँ ।'
रासस
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Atz9cMT14C_faveljtdnjzyzujfznmneptciqwpjkuorz4ezznsdse6mqko8c3btupa40h0.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया