हरितालिका तीजमा सार्वजनिक बिदा

तनहुँ - हरितालिका तीज पर्वको अवसरमा तनहुँका तीन स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाले हरितालिका तीज पर्वको अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
व्यास नगरपालिका तथा नगरपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय, सामुदायिक एवं निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक बाहेक) र अन्य संघसंस्थामा भदौ ७ गतेको बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।
यसैगरी शुक्लागण्डकी नगरपालिकाले पनि तीजको अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त दिन नगरपालिकाको कार्यालय, वडा कार्यालय, सबै विद्यालय र नगरपालिकाभित्र सञ्चालित बैंक तथा वित्तीय संस्थामा बिदा रहने जनाइएको छ । नगरप्रमुख कृष्णराज पण्डितले हरितालिका तीजको शुभकामना दिँदै सभ्य रुपमा तीज मनाउन आग्रह गरेका छन् । म्याग्दे गाउँपालिकाले पनि हरितालिका तीज पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

प्रतिक्रिया