थपिए ५१७ कोभिड-१९ संक्रमित

काठमाडौँ : पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार २०३ को स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
जसमा चार हजार ३८६ जनाको पिसीआर र ८१७ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा १६१, त्यसपछि ललितपुरमा २६ र भक्तपुरमा १२ थपिएका छन् । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८० हजार ९८४ पुगेको छ । त्यस्तै पछिल्लो समय थप १५३ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७४ हजार ३१८ रहेको छ । निको हुने दर भने ९७ दशमलब ६ प्रतिशत छ ।
अहिले देशभर तीन हजार ६०८ सक्रिय सङ्क्रमित छन् । उनीहरूमध्ये ८५ जना क्वारेन्टिनमा छन् । अन्य आइसोलेसनमा छन् । हालसम्म नेपालमा २३ लाख २१ हजार ६७० २८४ को पीसीआर परीक्षण भएको छ । त्यस्तै पछिल्लो समय कोरोनाका कारण पाँचको मृत्यु भएको छ । हालसम्मा तीन हजार ५८ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । (रासस)

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

प्रतिक्रिया