एक खेलअगावै केन्याविरुद्धको सिरिज जित्ने नेपालको लक्ष्य

काठमाडौँ- नेपाल र घरेलु टोली केन्याबीचको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको चौथों खेल आज हुँदैछ । नेपाल र केन्याबीचको खेल नैरोबीको जिमखाना क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
आजको खेल दुवै टिमका लागि महत्वपूर्ण रहनेछ किनभने यसअघिका तीनमध्ये दुई खेल नेपालले जितेको छ र आजको खेल जितेको खण्डमा नेपालले एक खेलअगावै सिरिज आफ्नो पोल्टामा पार्नेछ ।
जबकी केन्याले केवल एक खेलमा जित हात पारेको छ र आजको खेल जित्दै घरेलु टोली सिरिज विजेताको टुंगो अन्तिम खेलबाट मात्र लगाउने लक्ष्यमा हुनेछ ।
सिरिजको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले पराजित गर्दा दोस्रो खेल भने केन्याले रनले जितेको थियो । दोस्रो खेलमा नेपालको ब्याटिङ चल्न सकेको थिएन ।
जबकी तेस्रो खेल नेपालले ब्याटिङकै भरमा ४ विकेटले जितेको थियो । तेस्रो खेलमा ज्ञानेन्द्र मल्लले ४१ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४६ रन बनाए ।
त्यसैगरी, नेपालका लागि टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका विकेटकिपर ब्याट्सम्यान अर्जुन साउदले ३१ बलमा ३५ रनको योगदान गर्दा २ चौका र ३ छक्का हिर्काए । नेपालका लागि ओपनिङ गर्न आएका साउदले उत्कृष्ट ब्याटिङ गर्दै डेब्यु खेललाई यादगार बनाए ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_mpLRQYEqg2_pvzkmlr7od10oql8xlsetlrtldxl1nebl7nu4eoowfx5bguviaedusu3kpxe.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया