आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट : स्वतः छनोट हुने नेपालको सम्भावना न्यून

काठमाडौँ- सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि स्वतः छनोट हुने सम्भावना कम हुँदै गएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको नयाँ टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयता अनुसार नेपाल थप एक स्थान तल झरेपछि नेपालको विश्वकपका लागि स्वतः छनोट हुने सम्भावना कम हुँदै गएको हो ।
नयाँ वरीयता अनुसार नेपाल एक स्थान तल १५ औँ स्थानमा पुगेको छ । नामिबिया भने १४ औँ स्थानमा उक्लिएका छन् ।
आईसीसीले जनाए अनुसार २०२४ को विश्वकपमा २० टिमको सहभागिता रहेपनि १२ टिम स्वतः स्थान सुनिश्चित गर्नेछन् । यसै वर्षको अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकपमा शीर्ष ८ स्थानमा रहने टिम सिधै विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।
अर्कोतर्फ आयोजकको नाताले अमेरिका र वेस्ट इन्डिज विश्वकपमा छनोट भइसकेका छन् । त्यसैगरी, सन् २०२२ को नोभेम्बर १४ सम्म आईसीसीको वरीयताका आधारमा थप दुई टिम विश्वकपका लागि छनोट हुनेछन् ।
बाँकी आठ टिमका लागि छनोट प्रतियोगिताहरू हुनेछन् । त्यसमध्ये एसियाबाट दुई टिम विश्वकपमा स्थान बनाउनेछन् ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_mpLRQYEqg2_pvzkmlr7od10oql8xlsetlrtldxl1nebl7nu4eoowfx5bguviaedusu3kpxe.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया