बुलेट बाइक र पल्सर एक आपसमा ठक्कर खाँदा दुई बालबालिकाकोे मृत्यु

बुटवल - रुपन्देहीको गोरकटामा मणिग्रामबाट जाँदै गरेको बुलेट बाईक र पश्चिमबाट आउँदै गरेको पल्सर मोटरसाइकल एक आपसमा ठक्कर खाँदा २ जना बालबालिकाको मृत्यु भएको छ ।
तीब्र गतिमा रहेका दुई मोटरसाईकल एक आपसमा ठक्कर खाँदा दुई जनाको बालकको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
मृत्यु हुनेमा तिलोत्तमा ३ शंकरनगरकी १२ वर्षिया समिक्षा खराल र ७ वर्षिय सुग्रीम खराल रहेका छन् । प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरुमा सुद्धोदन ३ का ३४ वर्षिय सुरज काफ्ले र तिलोत्तमा ३ की कमला खराल रहेका छन् । उनीहरुको क्रिमसन अस्पताल मणिग्राममा उपचार भईरहेको छ ।
लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाईकल साँझ अन्दाजी ६ बजेको समयमा एक आपसमा ठोक्किएको थियो ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया