शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

दर खाने दिनमा एससिटीले ल्यायो 'दरो अफर'

काठमाडौँ  - विगत २० वर्षदेखि नेपाली बजारमा एससीटीले क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिँदै आएको स्मार्ट चोइस टेक्नोलोजीज लिमिटेड (एससिटी) ले आउदै गरेको तीज लाइ लक्षित गरि दर खाने दिनमा दरो अफर लिएर आएको छ ।

दरो अफर अन्तर्गत स्मार्ट क्युआर मार्फत जुनसुकै मर्चेन्टलार्ई भुक्तानी गर्दा १०% ( १०० सम्म ) तत्काल छुट प्राप्त गर्न सक्नेछन भने एससिटी– यूपीआइ डेबिट कार्ड प्रयोगकर्ताले क्यूआर मार्फत भुक्तानी गर्दा १० % ( रु १०० सम्म ) क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना दर खाने दिन (भाद्र १३, २०७९) का दिन लागू हुने कम्पनीले जनाएको छ ।