रियल म्याड्रिड कप्तान रामोस कोभिड-१९ संक्रमणमा
काठमाडौँ: च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगमा बुधबार राती लिभरपुल र रियल म्याड्रिड भिड्दैछन् । पहिलो लेगमा विजयी बनेको रियल दोस्रो लेगका लागि इंगल्यान्ड जानेछ । तर त्यस महत्वपूर्ण खेलका लागि रियलका कप्तान सर्जियो रामोस हुने छैनन् ।
पहिलो लेग चोटका कारण गुमाएका रामोसले दोस्रो लेग अघि कोभिड-१९ संक्रमणमा परेका हुन् । रियलले मंगलबार विज्ञप्ती जारी गर्दै आफ्ना कप्तान लिभरपुलसँको खेलका लागि उपलब्ध नहुने बताएको हो ।
रामोस अप्रिल १ बाटै मैदान बाहिर रहँदै आएका छन् । उनले गत आइतबार भएको बार्सिलोनाविरुद्धको खेल पनि गुमाए । त्यस कारण लिभरपुलसँगको खेलका लागि उनी त्यसै पनि तयार हुने सम्भावना थिएन । रामोस घुँडाको चोेटका कारण अप्रिल अन्तिमसम्मका लागि मैदान बाहिर रहने तालिका थियो । कोभिड–१९ संक्रमणमा परेपछि रामोस कहिले टिममा फर्कन्छन् भन्ने टुङ्गो छैन ।
जारी सिजनको अन्त्यमा फ्रि-एजेन्ट बन्ने रामोसले रियलका लागि ६७० खेल खेलेका छन् । सेभिल्लाबाट सन् २००५ मा स्पेनी राजधानी पुगेका रामोसले रियलका लागि १०१ गाल गरेका छन् ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया