सीजीनेट जोडी र सीजी ग्राण्ड जोडी अफर शुभारम्भ

काठमाडौंँ -इन्टरनेट सेवा प्रदायक कम्पनी सीजी नेटले स्काईकमसँगको सहकार्यमा बहुप्रतिक्षित आईपीटीभी सेवा सीजीनेट जोडी योजना शुरु गरेको छ । ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै भरपुर मनोरञ्जन दिलाउने उद्धेश्यले कम्पनीले आइतबारदेखि सीजीनेट मेगा जोडी र सीजीनेट ग्राण्ड जोडी अफरको शुभारम्भ गरेको हो ।
यो सेवा सञ्चालनमा आएसँगै अव ग्राहकले सीजीनेट र आइपीटीभी दुवै सेवा सञ्चालन गर्न पाउने छन् । आइपीटीभी अन्तर्गत २५७ च्यानल उपलब्ध हुने छन् । भने ती च्यानल मध्ये १२५ वटा एचडी र १३२ वटा एसडी च्यानल हुनेछन् । ती मध्ये ५० भन्दा बढी इन्टरटेनमेन्टको च्यानल, १० भन्दा बढी म्युजिक च्यानल, १० भन्दा बढी किड्स च्यानल, १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पोर्टस च्यानल लगायतका च्यानलहरु हुनेछन् । यस्तै यसमा २० भन्दा बढी स्टार च्यानल, १५ सोनी चयानल, ५ कलर च्यानल, १० जी नेटवर्क लगायत छन् । सीजीनेटले आफ्ना ग्राहकहरुकालागि न्युन शुल्कमा उच्च गुणस्तरीय क्वालिटी सुनिश्चित गर्दै सीजीनेट जोडी सेवा शुरु गरेको हो ।
सीजी नेट जोडी प्याकेज त्रैमासिक र वार्षिक रुपमा उपलब्ध हुनेछन् । स्प्रिण्टर जोडी (८० एमविपिएस प्लस आइपीटीभी) को प्रति महिना ८१०, पपुलर जोडी (१५५ एमविपिएस प्लस आइपीटीभी) को १०५५ र रकस्टार जोडी (३०५ एमविपिएस प्लस आइपीटीभी) को प्रतिमहिना १३७४ शुल्क लाग्नेछ ।
त्रैमासिक योजना अनुरुप स्प्रिण्टर जोडी ८० एमवीपिएसको साथमा आइपी टीभीको रु २६४०, पपुलार जोडी एमवीपिएसको साथमा आइपी टीभीको रु ३७५० र रक स्टार जोडी ३०५ एमवीपिएसको साथमा आइपी टीभीको ९७२० रुपैयाँ शुल्क लाग्ने छ ।
यस्तै बार्षिक योजना अनुरुप स्प्रिण्टर जोडी ८० एमवीपिएसको साथमा आइपी टीभीको ९७२० रुपैयाँ, पपुलार जोडी एमवीपिएसको साथमा आइपी टीभीको १२६६० रुपैयाँ र रक स्टार जोडी ३०५ एमवीपिएसको साथमा आइपी टीभीको १६४८८ रुपैयाँ शुल्क लाग्ने छ । यो दरमा १३ प्रतिशत भ्याट जोडिने छ । सेटअप बक्सकालागि ग्राहकले एक पटक २६०० रुपैयाँ शुल्क तिर्नु पर्ने छ । यसकासाथै सीजीनेटले वदलिँदो समय अनुरुपमा निरन्तररुपमा उच्चस्तरीय सेवा उपलब्ध गराउँदै लैजाने छ ।
सीजी डिजिटलले सीजी नेट सँगको सहकार्यमा सार्वजनिक गरेको सीजी ग्राण्ड जोडी अफर अन्तर्गत ग्राहकले दुई फरक स्मिक प्राप्त गर्न सक्नेछन् । जसमा ग्राहकले ८० एमवीपिएस र आइपिटीभीका साथमा ४३ इन्चको सीजी टीभी ३५९९९ रुपैयाँमा र ८० एमवीपिएस र आइपिटीभीका साथमा ३२ इन्चको सीजी टीभी २५४९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले यीे जोडी प्याकेजहरु सीजी नेट कार्यालय, सीजी डिजिटल आउटलेट, सीजीनेट वेवसाइट, फोन सम्पर्क वा दराज अनलाइन मार्फत प्राप्तगर्न सक्नेछन् ।
कम्पनिका अनुसार ४० हजार भन्दा बढी ग्राहकले यसअघि नै काठमाडौं उपत्यकाका साथै हेटौडा, बुटवल, भैरहवा, नवलपुर, भरतपुर, रत्ननगर र कावासोती गरी ७ प्रमूख सहरहरुबाट यो सेवा सुनिश्चित गरिसकेका छन् ।

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_Sdo2BLl8Zj_mitqknbzlkbeypnrh0a4l9lrpvkhda2vawyakdoriom5gpyn3muj5amio6d7.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

प्रतिक्रिया